नेभिगेशन
प्रविधिका कुरा

‘रोशन श्रेष्ठ’: सूचना, जिज्ञासा र समस्या समाधानको प्रयास

काठमाडौँ । पत्रकारिता क्षेत्रमा छोटो समयमै दर्शकमार्फत लोकप्रिय बनेका खोज समाचार डट कमका सञ्चालक रोशन श्रेष्ठले आफ्नै नामको मोबाइल एप्लिकेशन लञ्च गरेका छन् । दर्शकहरुलाई नियमित अपडेट साथै जानकारीमूलक सामाग्री प्रदान गर्ने उद्देश्यका साथ एप खोलेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकारितालाई डिजिटल युगमा अझै प्रोत्साहन गर्ने मुख्य उदेश्य राखेर सो एप लञ्च गरिएको र सो एप्लिकेशनभित्र आम नागरिकहरुको समस्यालाई विशेष स्थान दिइने श्रेष्ठले बताए । ‘कुनै समय धन, सम्पत्ति धेरै भएको मानिस धनि मान्ने चलन थियो । तर, त्यो अवस्था परिवर्तन भएको छ । अहिले जो व्यक्तिसँग देश विदेशका धेरै सूचना हुन्छन्, उ नै धनी र शक्तिशाली मानिन्छ । ’, श्रेष्ठले भने, ‘मानिसले पाउने सूचना उही भएपनि प्लेटफर्ममा तीव्र विकास भइरहेको छ । नागरिकको सोही सुचनाको हकलाई सम्मान गर्न मैले सानो प्रयास गरेको हुँ । यहाँ नागरिककै जिज्ञासा र समस्यालाई प्राथमिकता दिइन्छ ।’

Ncell
Extreme Energy


त्यस्तै पछिल्लो समय नेपाली युवाहरु रोजगरीको खोजीमा विदेशिने क्रम बढिरहेको र सोही बाध्यतालाई कसैले अवसर सम्झेर ठग्ने गरेको श्रेष्ठ बताउँछन् । सोही ठगिबाट केही हदसम्म बचाउन सकिन्छ कि भनेर आफूले सो एपमा वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने सावधानी र गर्न नहुने गल्ती पनि समावेश गरेको उनी बताउँछन् । ‘नेपालमा वैदेशिक रोजगारीमा लाने भन्दै विभिन्न प्रलोभन देखाई नक्कली भिजा पठाएर गाउँका सोझा साझा युवाहरूलाई योजनाबद्ध तरिकाले ठगी गर्ने गिरोह निकै सक्रिय बनेको छ ।’, उनले भने, ‘त्यो गिरोहबाट बचाउन पनि हामीले एप्लिकेशनमा वैदेशिक रोजगारी सम्बद्ध विषयवस्तु समावेश गरेका छौँ ।’ 

 

कुनै पनि देशको भिसा, वर्क पर्मिट, अफर लेटर सक्कली हो या नक्कली हो भनेर छुट्याउन नसक्दा युवाहरु ठगिमा पर्ने गरेको तर आफूले सो ठगीबाट बच्न र बचाउन के गर्न सकिन्छ भनेर भिडियो सामाग्री बनाएर सो एपमा राखेको उनले बताए । अशिक्षित युवाहरुलाई समेत सहज हुने गरि आफूले एप्लिकेशनको डेभ्लप गरेको उनले जनाए । ‘यहि समस्यालाई मध्यनजर गर्दै मैले हालका लागि १८ वटा देशको भिजा र वर्क पर्मिट सक्कली हो या नक्कली भनेर सजिलै चेक गर्न सक्ने गरि एप बनाएको छु । आगामी दिनमा अन्य देशहरु पनि थप्दै लाने योजना छ ।’, श्रेष्ठ बताउँछन् । 


डिजिटल प्लेटफर्ममार्फत पत्रकारितालाई नयाँ उचाईमा लान सकिन्छ भनेर काम गरिरहेका श्रेष्ठले सो एपमा वैदेशिक रोजगारीमात्रै नभएर देशमै बसेर सामाजिक सञ्जालमार्फत कसरी पैसा कमाउन सकिन्छ भनेर समेत सिकाएका छन् । उनले एक सिरिज नै बनाएर फेसबुकबाट पैसा कमाउन सकिने तरिका सिकाएका छन् । 


सो एप्लिकेशनमा नेपाली क्यालेन्डर, मिति परिवर्तन जस्ता अन्य सेवाहरु पनि समावेश गरेको र आगामी दिनमा विदेशमा अलपत्र परेका नागरिकहरुको उद्दार गर्नको लागि छुट्टै व्यवस्था गर्ने श्रेष्ठले बताए । 


श्रेष्ठले बनाएको एप एन्ड्रोइड युजर र एप्पल युजरका लागि पनि उपलब्ध छ । लञ्च भएको १ महिना नबित्दै प्ले स्टोरमा ३७ हजार भन्दा बढीले सो एप डाउनलोड गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप प्रविधिका कुरा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।