नेभिगेशन
बजार

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौँ । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रीप्सन प्राप्त गर्नेछन्।

Ncell
Extreme Energy

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्। त्यसैगरी आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना नै उपभोग गर्न पाउने छन्।

 “जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्सित छौँ। व्यवहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धता अनुरूप यो योजनाले देशैभर रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउनेछ,’’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।