नेभिगेशन
कर्पाोरेट

नेपा एपले ल्यायो पिरियड ट्र्याकिङदेखि अडियो नोट रिमाइन्डरसम्म १० भन्दा बढी उपयोगी टुल्स

काठमाडौँ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ अपडेट मार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ टुल्स थप गरेको छ। एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ टुल्सहरू ल्याइएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ अपडेटमा PDF Scanner, QR Scanner, Internet Speed Test, Period Tracker, Unit Converter, Calculator, Notes & Reminders, Loan Calculator, My Location र Tax Calculator लगायतका टुल्स समावेश गरिएको छ।

Ncell
Extreme Energy

प्रयोगकर्ताले  PDF Scanner मार्फत मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी PDF बनाउन सक्नेछन् भने QR Scanner बाट विभिन्न QR कोड सजिलै स्क्यान गर्न सक्नेछन्। त्यस्तै, Internet Speed Test मार्फत मोबाइलको इन्टरनेट स्पिड परीक्षण गर्न सकिनेछ।

विशेषगरी महिलाहरूका लागि उपयोगी हुने Period Tracker मार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिहरू ट्र्याक गर्न सकिनेछ। साथै, महिनावारी हुन सक्ने सम्भावित दिनको जानकारी रिमाइन्डरमार्फत प्राप्त गर्न सकिनेछ। Unit Converter  र Calculator ले दैनिक आवश्यक पर्ने सामान्य गणना तथा एकाइ रूपान्तरणलाई सहज बनाउनेछन्।

त्यसैगरी Notes & Reminders टुल्समार्फत महत्वपूर्ण कुराहरू लेखेर सुरक्षित राख्नुका साथै आवश्यक समयमा सम्झनका लागि रिमाइन्डर सेट गर्न सकिनेछ। प्रयोगकर्ताले आफ्नो महत्वपूर्ण जानकारीलाई अडियो नोटका रूपमा समेत सुरक्षित गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।

Loan Calculator बाट ऋणको किस्ता तथा भुक्तानीसम्बन्धी सामान्य हिसाब गर्न सकिनेछ भने Tax Calculator बाट आम्दानी तथा करसम्बन्धी अनुमानित गणना गर्न सकिनेछ। त्यस्तै, GPS Share सुविधामार्फत प्रयोगकर्ताले आफ्नो स्थानसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

नेपा एपका अनुसार नयाँ टुल्स थप गर्नुको उद्देश्य नेपाली प्रयोगकर्ताले दैनिक रूपमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवाहरू एउटै एपबाट सहज रूपमा प्रयोग गर्न सकून् भन्ने हो। आगामी दिनमा पनि प्रयोगकर्ताको आवश्यकता र सुझावअनुसार थप उपयोगी सुविधा तथा टुल्सहरू थप गर्दै जाने एपले जनाएको छ।

नेपा एपमा यसअघि नै नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, नेपाली समाचार, जिल्ला समाचार, नेपाली एफएम रेडियो, ट्रेन्डिङ विषय तथा अन्य विभिन्न सामग्री उपलब्ध हुँदै आएका छन्। नयाँ टुल्स र आगामी सुविधाहरू थपिएसँगै एपले नेपाली प्रयोगकर्ताका दैनिक आवश्यकता तथा उपयोगी जानकारीलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्। त्यसैगरी आइफोन डुओका पहिलो १०० जना...
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...