नेभिगेशन
समाज

इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

कायरो । इजिप्टको राजधानी कायरोस्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ भएको यस घटनामा अन्य २१ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुरानो सहरको उत्तरी क्षेत्रमा पर्ने वाराक टोलको चक्रपथ खण्डमा उक्त दुर्घटना भएको हो। आगलागीबाट जलेर तथा धुवाँले निस्सासिएर घाइते भएकाहरूको नजिकैका अस्पतालहरूमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातको समयमा आगोको विशाल मुस्लो र कालो धुवाँ आकाशतर्फ उडिरहेको तथा आसपासका थुप्रै सवारीसाधन जलेको देखिन्छ।

Marvel
Extreme Energy

सरकारी अधिकारीहरूले आगलागीको कारणबारे औपचारिक जानकारी नदिए पनि सरकारी सञ्चारमाध्यम 'अल-अहराम' का अनुसार ट्याङ्कर पल्टिएर नजिकैका सवारीसाधनहरूमा पेट्रोल पोखिएपछि आगो सल्किएको हो। अनुसन्धान स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाले जनाएअनुसार निजी ठेकेदारको उक्त ट्याङ्कर राजमार्गमा गुडिरहेका बेला अगाडिपट्टि हाई-भोल्टेज बिजुलीको तार खसेपछि चालकले नियन्त्रण गुमाएका थिए। त्यसपछि ट्याङ्कर बीचको डिभाइडर नाघेर पल्टिएको र आगो लागेको बताइएको छ।

घटनाको छानबिन सुरु गर्दै क्षेत्रीय सरकारी वकिलले मृतकहरूको पहिचानका लागि डीएनए नमुना संकलन गर्न निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयले उद्धारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको जनाएको छ भने स्वास्थ्य मन्त्री आफैँले अस्पताल पुगेर घाइतेहरूको उपचारको निरीक्षण गरेका छन्। सरकारी प्रसारक एनएमएका अनुसार आगो निभाएपछि बुलडोजरको सहायताले जलेका सवारीसाधनका अवशेष हटाई राजमार्ग पुनः सुचारु गरिएको छ।

कमजोर पूर्वाधार, सवारीसाधनको मर्मतसम्भारमा लापरबाही र ट्राफिक नियमको उल्लंघनका कारण इजिप्टमा सडक दुर्घटना र आगलागीका घटनाहरू बारम्बार हुने गरेका छन्। आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष मात्र इजिप्टमा सडक दुर्घटनाका कारण करिब ६ हजार जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।
कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
स्कुटर चढेर मन्त्री चौधरी मासु अनुगमनमा

स्कुटर चढेर मन्त्री चौधरी मासु अनुगमनमा

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन्। उनी स्कुटर चढेर मासु अनुगमन गर्न पुगेकी थिइन्।