नेभिगेशन
समाज

स्कुटर चढेर मन्त्री चौधरी मासु अनुगमनमा

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन्। उनी स्कुटर चढेर मासु अनुगमन गर्न पुगेकी थिइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था बुझ्न मन्त्री चौधरीले बिहीबार ती केन्द्रको निरीक्षण गरेकी हुन्। उक्त ऐन मङ्सिर १ गतेदेखि कार्यान्वयनमा आएको छ।

Marvel
Extreme Energy

अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर र खाद्य सुरक्षा मापदण्डको पालनाबारे जानकारी लिएकी थिइन्।

उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।

ऐन कार्यान्वयनमा आएसँगै मासु उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरणमा स्वच्छता र गुणस्तर कायम गर्ने विषयमा सरकारी अनुगमनलाई महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।
इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोस्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ भएको यस घटनामा अन्य २१...
कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।