नेभिगेशन
समाज

सोविता गौतमको नेतृत्वमा सात मन्त्रीको बैठक, के के भयो निर्णय ?

संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै पर्यटन प्रवर्द्धन गर्न कानुनी सुधारको गृहकार्य

काठमाडौँ । पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी र प्रक्रियागत जटिलता हटाउन सरकारका सात जना मन्त्रीसहित उच्च अधिकारीहरूबीच बृहत् छलफल भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानून मन्त्री सोविता गौतमको पहलमा बसेको अन्तर मन्त्रालयगत बैठकले विद्यमान कानुनी व्यवस्थाबीचको असङ्गति, प्रक्रियागत दोहोरोपन र प्रशासनिक अवरोध हटाउन आवश्यक कानून संशोधनको तयारी थाल्ने निष्कर्ष निकालेको हो।

Marvel
Extreme Energy

बैठकमा गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह सहभागी थिए। यस्तै, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकालसहित सम्बन्धित निकायका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

छलफलका क्रममा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन र विस्तारमा समस्या देखिएको निष्कर्ष निकालिएको छ। कानुनी उल्झनकै कारण नेपालको साहसिक पर्यटन र प्राकृतिक सम्पदाको अथाह सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्न नसकिएको सन्दर्भमा बैठक केन्द्रित थियो।

बैठकपछि कानून मन्त्री गौतमले प्रकृति, जैविक विविधता र पर्यावरणको संरक्षण सुनिश्चित गर्दै लगानीमैत्री वातावरण निर्माण र स्थानीय रोजगारी सिर्जनाका लागि कानुनी सुधार गर्न लागिएको जानकारी दिइन्। 'संरक्षणका नाममा विकासका सम्भावनाहरू अवरुद्ध हुनुहुँदैन, विकासका नाममा प्राकृतिक सम्पदाको विनाश पनि हुनुहुँदैन,' मन्त्री गौतमले भनिन्, 'यी दुईबीच विवेकपूर्ण सन्तुलन कायम गर्नु नै हाम्रो कानुनी तथा नीतिगत सुधारको मूल उद्देश्य हो।'

अन्तरमन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाउँदै छिट्टै आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।
इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोस्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ भएको यस घटनामा अन्य २१...
कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटीमा यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, कुनको कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।