नेभिगेशन
समाज

पहेँलपुर शङ्खु (तस्बिर कथा)

ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो तोरीबालीले यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिरको चिसो मौसमसँगै फुलेका तोरीका फूलले शङ्खुका खेतबारीलाई पहेँलै बनाएका छन्। कतै सम्म परेको बारीमा त कतै डिल र कान्लामा फुलेका तोरीले गाउँको भूगोललाई नै पहेँलो रङमा सजाएका छन्। हरिया डाँडा, ग्रामीण बस्ती र पहेँला तोरीबारीको संयोजनले शङ्खुको दृश्य मनमोहक देखिएको छ।

Marvel
Extreme Energy

शङ्खु दक्षिण ललितपुरमा तोरीखेतीका लागि प्रख्यात छ। यहाँको कृषि जीवनसँग तोरीखेतीको पुरानो सम्बन्ध छ। स्थानीय किसानले अन्य खाद्य तथा तरकारी बालीसँगै तोरीखेती गर्दै आएका छन्। तोरी फुलेपछि गाउँको दृश्य मात्रै फेरिँदैन, किसानका खेतबारीमा नयाँ कृषि चक्र सुरु भएको संकेत पनि मिल्छ।

कोन्ज्योसोम गाउँपालिकाको कृषि तथ्याङ्क २०७९/८० अनुसार वडा नम्बर २ शङ्खुमा तरकारी पहिलो, मकै दोस्रो र तोरी तेस्रो प्राथमिकताका बालीका रूपमा सूचीकृत छन्। यसले शङ्खुमा परम्परागत खेतीसँगै कृषि उत्पादनका विभिन्न सम्भावना रहेको देखाउँछ।

दक्षिण ललितपुरका कोन्ज्योसोम, महाङ्काल र बागमती गाउँपालिकाका पहाडी बस्ती कृषि र पशुपालनमा आधारित छन्। राजधानी काठमाडौँबाट नजिकै रहे पनि यहाँको ग्रामीण जीवनशैली, खेतीपाती र प्राकृतिक वातावरणले छुट्टै पहिचान बनाएको छ।

कोन्ज्योसोम गाउँपालिकाले कृषि उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयाससमेत गर्दै आएको छ। कृषि पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा तोरी फुलेको समयमा देखिने पहेँलपुर दृश्यले ग्रामीण पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउन सक्छ।

शङ्खुका खेतमा फुलेको तोरी अहिले किसानको कृषि परम्पराको निरन्तरता मात्रै होइन, दक्षिण ललितपुरको ग्रामीण सौन्दर्यको एउटा आकर्षक पहिचानसमेत बनेको छ।

तस्बिर : घनश्याम श्रेष्ठ/रासस

GS_LalitpurDSC04815-1795669932.jpg

GS_LalitpurDSC04819-1795669930.jpg

GS_LalitpurDSC04818-1795669931.jpg

GS_LalitpurDSC04822-1795669929.jpg

GS_Lalitpur-DSC04825-1795669929.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।
इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोस्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ भएको यस घटनामा अन्य २१...