नेभिगेशन
समाज

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा लुकाइछिपाइ राखेको अवैध रकमबारे सूचना पाएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गरेको थियो।

Marvel
Extreme Energy

जाँचका क्रममा चितवनको बिसौनी घर भई ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल ४ हजार २१५ दशमलव ०९ र यूएई दिराम ५५ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।
इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजमार्गमा इन्धन ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोस्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ भएको यस घटनामा अन्य २१...