नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तले भने– जुम्लामा हाहु गरेजस्तो हैन, बहस गर्ने भए इतिहास पढेर आउने

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले ज्ञानेन्द्र शाहीलाई इतिहास पढ्न सुझाएका छन् । संसदमा राजालक्षित अभिव्यक्ति दिँदै गर्दा राप्रपा सांसद शाहीले उठेर नियमापत्ति जनाएपछि उनले सो अभिव्यक्ति दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


संसदमा पन्तले संविधानले राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस बिषयमा बहस गर्न उचित नभएको बताएका थिए । विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको गरेका थिए ।  राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए । आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए । 

Ncell
Extreme Energy


उनले भने, ‘मसँग बहस गर्ने भए इतिहास पढेर आउने मिस्टर । जुम्लामा हाहु गरेर आएजस्तो हैन । इतिहास पढेर आउ ।’, पन्तले ठूलो स्वर गर्दै भने ।

२ जनाबिचको भनाभन चलेपछि सभामुखले आफूले ज्ञानेन्द्र शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । सभामुखको पटकपटकको आग्रहपछि सांसद शाही बसे भने पन्तले आफ्नो अभिव्यक्तिलाई निरन्तरता दिए । 
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको बिषयमा भएका चर्चाको मन्त्रीहरुले सदनमा जवाफ दिनुपर्ने बताए । जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरुलाइ सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए । उनले अहिलेको अवस्थामा मन्त्रीहरु फेर्ने अवस्था आएको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै