नेभिगेशन
समाज

स्वर्णिम र शिशिरसँगको तस्बिर राखेर बालेनले लेखे– देश उभो लाउने टोली !

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो साझा गर्दै ‘देश उभो लाउने टोली’ लेखेका छन् । प्रधानमन्त्री बालेनले फेसबुकमा थप लेखेका छन्– ‘निक्कै मिहिनेती मान्छेहरू!’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेनको भारतको दुई दिने राजकीय भ्रमणमा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी थिए । 

Marvel
Extreme Energy

नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा अवतरण गर्नुअघि जहाजभित्रै उक्त फोटो खिचिएको थियो । अर्थमन्त्री वाग्लेले हिजो नै उक्त फोटो आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 

अर्थमन्त्री वाग्लेले नै सार्वजनिक गरेको फोटो राखेर आज दिउँसो बालेनले ‘देश उँभो लगाउने टोली, निकै मिहिनेती मान्छेहरु’ भनेर लेखेका हुन् । 
सोही फोटो राखेर अर्थमन्त्री वाग्लेले हिजो लेखेका थिए– ‘सम्बन्धको नयाँ उचाइ–

अत्यन्तै उपलब्धिमूलक र दूरगामी महत्व बोकेको प्रधानमन्त्री बालेन शाहको पहिलो द्विपक्षीय राजकीय भ्रमणको सफल समापन गरी भारतबाट आज साँझ स्वदेश फर्केका छौं।’

अहिले बालेनको भारत भ्रमणको सर्वत्र चर्चा भइरहेको छ । भ्रमण सफल पार्न दुई मन्त्रीले निकै मेहनत गरेका थिए । 

प्रधानमन्त्री बालेनले केही महिनाअघि गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको फोटो राखेर फेसबुकमा लेखेका थिए– देश बनाउने टोली ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङको गल्छी बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलव्ध गराउन सरकारलाई निर्देशन

सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलव्ध गराउन सरकारलाई निर्देशन

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरत बहादुर...
मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।