नेभिगेशन
समाज

कालीमाटीमा बढ्न थाल्यो नेपाली सुन्तलाको ‍बिक्री

काठमाडौँ । सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ। बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीमाटी बजारमा गोरखा, तनहुँ, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका हुन्। अहिले बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ।

Marvel
Extreme Energy

व्यापारीका अनुसार हाल प्रतिढक (५ केजी) सुन्तलाको मूल्य ३५० रुपैयाँदेखि ५५० रुपैयाँ ६ सय रुपैयाँसम्म रहेको छ। ठूला आकारका र गुणस्तरीय सुन्तलाको मूल्य तुलनात्मक रूपमा बढी पर्ने गरेको छ।

सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको उपलब्धता बढ्न थालेको छ। आगामी दिनमा उत्पादन हुने जिल्लाबाट थप सुन्तला बजारमा भित्रिने र आपूर्ति बढ्दै जाने व्यापारीहरूको अपेक्षा छ।

सुन्तलाको उत्पादन र बजारमा आपूर्ति बढेसँगै आगामी दिनमा कारोबार थप विस्तार हुने उनीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद् प्रभावित क्षेत्रमा बागमती सरकारको छ अर्ब

विपद् प्रभावित क्षेत्रमा बागमती सरकारको छ अर्ब

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने भएको छ ।
‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ ।