नेभिगेशन
समाज

जनकपुरधाम आइपुग्यो 'सरयू–कमला एक्सप्रेस' (तस्बिरहरू)

जनकपुरधाम । भारतको अयोध्याबाट नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा 'सरयू–कमला एक्सप्रेस' मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।

उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो । रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो ।

रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन् ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।

१७ वटा डिब्बा रहेको यस रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ।

भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। तस्बिर : अमरेन्द्रकुमार यादव/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG_0771-1795502890.jpeg

Marvel
Extreme Energy

Sarayu-Express-Janakpur-Rail_NPL-(2)-1795502877.JPG

Sarayu-Express-Janakpur-Rail_NPL-(3)-1795502873.JPG

Sarayu-Express-Janakpur-Rail_NPL-(1)-1795502862.JPG

Sarayu-Express-Janakpur-Rail_NPL-(4)-1795502856.JPG

Sarayu-Express-Janakpur-Rail_NPL-(9)-1795502843.JPG

Sarayu-Express-Janakpur-Rail_NPL-(11)-1795502827.JPG

Sarayu-Express-Janakpur-Rail_NPL-(13)-1795502816.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद् प्रभावित क्षेत्रमा बागमती सरकारको छ अर्ब

विपद् प्रभावित क्षेत्रमा बागमती सरकारको छ अर्ब

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने भएको छ ।
‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ ।