नेभिगेशन
समाज

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन १ महिनाभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । हाल उक्त समस्या समाधानका लागि मर्मत तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ । 

Marvel
Extreme Energy

एक सय दुई मेगावाट क्षमताको यो आयोजनाबाट जाडो महिनामा करिब ४० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । हिउँदमा विद्युत् आपूर्तिको सन्तुलन कायम गर्न यो महत्वपूर्ण हुने भएकाले प्राधिकरणले आयोजनालाई छिटो सञ्चालनमा ल्याउन ताकेता गर्दै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवासकुमार मिश्र सम्मिलित टोलीले शनिबार आयोजनास्थलको निरीक्षणसमेत गरेको छ । टोलीले प्रसारण लाइन, सबस्टेसन तथा निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएको हो ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई दुई केभीमा चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ । टोलीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कार्यको निरीक्षणसमेत गरेको छ । 

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने तामाकोशी–काठमाडौँ ४०० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रामेछापको नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको प्रसारण लाइनमा सम्पूर्ण टावरहरू ठड्याइसकिएको छ भने करिब एक किलोमिटर तार तान्न मात्र बाँकी रहेको छ । 

हाल चार केभी प्रसारणलाइनलाई अस्थायी रूपमा २०० केभी क्षमतामा सञ्चालन गरी मध्यभोटेकोशीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने योजना बनाइएको छ । यसका लागि नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचनाहरू स्थापना गर्ने कार्य अघि बढाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको भूमिका महत्वपूर्ण हुने भएकाले दुवै आयोजना संवेदनशील रहेको उल्लेख गर्दै निर्माणलाई तीव्रता दिन निर्देशन दिए ।

मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्म चार किलोमिटर २२० केभी प्रसारण लाइनको निर्माण पूरा भइसकेको छ । तामाकोशी र सुनकोशी नदी तथा तिनीहरूका सहायक खोलामा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण भइरहेको छ । 

बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनअन्तर्गत १२२ टावरमध्ये दुई वटाको मात्रै निर्माण बाँकी छ । साथै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण समेत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको...
ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

अमेरिका विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी नीतिमा प्रभावशाली शक्ति हो। त्यसैले अमेरिकी संसद्को राजनीतिक समीकरण परिवर्तन हुँदा त्यसको प्रभाव नेपालजस्ता देशमा पनि पर्न सक्छ। विशेषगरी...
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ ।