नेभिगेशन
समाज

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ । 

City Express


लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...