नेभिगेशन
समाज

बँदेल मार्न थापिएको पासोमा परेर महिलाको मृत्यु, दुई जना पक्राउ

रौतहट । रौतहटमा जंगली बँदेल मार्न थापेको विद्युतिय पासोमा परेर एक महिलाको ज्यान गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वृन्दावन नगरपालिका–१ बलेरी खोरमा किसानको खेतमा आउने जंगली जनावर बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको हो । 

Ncell
Extreme Energy

स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुँदै आउने क्रममा फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । महिला मृत अवस्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उत्तर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

फुलमतिया देवी आफ्नो गोठबाट घरतर्फ फर्किने क्रममा विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए ।  
चैत्र १४ गते हराएकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको थियो । 

पक्राउ परेका दुवै जनालाई प्रारम्भिक अनुसन्धानपश्चात कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...