नेभिगेशन
समाज

अभियन्ता सोम शर्मामाथि सांघातिक हमला, हात भाँचियाे, टाउकाेमा गम्भिर चाेट

काठमाडौँ । सामाजिक अभियन्ता सोम शर्मामाथि सांघातिक हमला भएको छ । सोमबार साँझ खाना खान अनामनगरको अर्नी भान्सा घरमा पुगेका उनीमाथि अज्ञात समूहद्वारा आक्रमण भएको हो । 

४ जनाको समूहमा होटल प्रवेश गरेका उनीहरुले शर्मामाथि निर्धात कुटपिट गरेका छन् । आक्रमणमा शर्माको टाउको र हातमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ । 

CG

आक्रमण गर्न होटल प्रवेश गरेका उनीहरुले हातमा काठको आग्लो प्रकारको ‘भाटो’ बोकेका थिए । सोही ‘भाटो’ले अन्धाधुन्द प्रहार गरेका उनीहरुले शर्माको हात भाँचिदिएका छन् भने टाउकोमा चोट लागेको छ । ‘साँझ ८ बजेतिर केही हुलमा युवाहरु होटलमा प्रवेश गरे । शर्माजीहरु खाना खानका लागि बस्नुभएको थियो ।’, होटलका सञ्चालक उमेश बोहराले भने, ‘उनीहरुले एकाएक उहाँलाई कुटपिट गरेर ढालेपछि फरार भए ।’

उनीहरुको प्रहारबाट घाइते भएका शर्मालाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो । सिभिलमा चेकजाँचपश्चात उनको थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रेफर गरिएको छ । 

शर्मा सरकारले गरेका बेतिथि र अन्यायविरुद्ध आवाज उठाउँदै आएका थिए । पछिल्लो समय उनी सरकारले कुलमान, रवि  र बालेनमाथि अन्याय गरेको भन्दै विरोध गर्दै आएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...

भर्खरै