नेभिगेशन
समाज

अभियन्ता सोम शर्मामाथि सांघातिक हमला, हात भाँचियाे, टाउकाेमा गम्भिर चाेट

काठमाडौँ । सामाजिक अभियन्ता सोम शर्मामाथि सांघातिक हमला भएको छ । सोमबार साँझ खाना खान अनामनगरको अर्नी भान्सा घरमा पुगेका उनीमाथि अज्ञात समूहद्वारा आक्रमण भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४ जनाको समूहमा होटल प्रवेश गरेका उनीहरुले शर्मामाथि निर्धात कुटपिट गरेका छन् । आक्रमणमा शर्माको टाउको र हातमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ । 

Ncell
Extreme Energy

आक्रमण गर्न होटल प्रवेश गरेका उनीहरुले हातमा काठको आग्लो प्रकारको ‘भाटो’ बोकेका थिए । सोही ‘भाटो’ले अन्धाधुन्द प्रहार गरेका उनीहरुले शर्माको हात भाँचिदिएका छन् भने टाउकोमा चोट लागेको छ । ‘साँझ ८ बजेतिर केही हुलमा युवाहरु होटलमा प्रवेश गरे । शर्माजीहरु खाना खानका लागि बस्नुभएको थियो ।’, होटलका सञ्चालक उमेश बोहराले भने, ‘उनीहरुले एकाएक उहाँलाई कुटपिट गरेर ढालेपछि फरार भए ।’

उनीहरुको प्रहारबाट घाइते भएका शर्मालाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो । सिभिलमा चेकजाँचपश्चात उनको थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रेफर गरिएको छ । 

शर्मा सरकारले गरेका बेतिथि र अन्यायविरुद्ध आवाज उठाउँदै आएका थिए । पछिल्लो समय उनी सरकारले कुलमान, रवि  र बालेनमाथि अन्याय गरेको भन्दै विरोध गर्दै आएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...