नेभिगेशन
समाज

करिब ६ किलो गाँजा जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ

वीरगंज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै लागुऔषध गाँजा जस्तो देखिने ५ किलो ७५० ग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बिहान भारततर्फ गइरहेका पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो ।

Ncell
Extreme Energy

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–३, झबराहा निवासी २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन् । प्रहरीका अनुसार, पंचलाल र मुकेश माझीको शरीरमा टेपले बेरी लुकाइएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलो ८७५ ग्राम–२ वटा गरी जम्मा ५ किलो ७५० ग्राम बरामद गरिएको हो ।

उनीहरूलाई प्रहरी चौकी ईनर्वा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...