नेभिगेशन
समाज

करिब ६ किलो गाँजा जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ

वीरगंज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै लागुऔषध गाँजा जस्तो देखिने ५ किलो ७५० ग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बिहान भारततर्फ गइरहेका पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो ।

Ncell
Extreme Energy

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–३, झबराहा निवासी २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन् । प्रहरीका अनुसार, पंचलाल र मुकेश माझीको शरीरमा टेपले बेरी लुकाइएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलो ८७५ ग्राम–२ वटा गरी जम्मा ५ किलो ७५० ग्राम बरामद गरिएको हो ।

उनीहरूलाई प्रहरी चौकी ईनर्वा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...