नेभिगेशन

समाज

वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

काठमाडौँ । विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उक्त भिडियोमा बर्दीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीले मुक्का हान्दै, लछार्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षतर्फ लगेका छन् ।  

प्रहरीले यसरी लछारपछार पार्दै लात्ती र मुक्का प्रहार गरेका ती युवक दुबईबाट नेपाल फर्किएका मोरङका सञ्जय ओझा रहेको पाइएको छ । 

सामाजिक सञ्जालमा हिजो बिहानदेखि भाइरल भइरहेको उक्त भिडियाे चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् । 

रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी लिएर नेपाल आएका थिए । तर विमानस्थलमा ट्याक्सीसँग विवाद हुँदा उनी प्रहरीबाट कुटिएका हुन्। 

सिधाकुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए । भन्सार जाँच पासमा लगेज चेकजाँच गरेर उनीहरू सरासर नै बाहिरिएका थिए । 

उनका अनुसार उनी आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर कुरिरहेका थिए । त्यही बेला एक जना व्यक्ति आएर उनलाई ‘ट्याक्सी चाहिने हो’ भन्दै सोधे । तर उनले हैन भनेपछि ती व्यक्तिले त्यहाँ ट्रली राख्न नपाइने भन्दै उनलाई हकार्न थाले । 

ती व्यक्तिसँग सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्म ट्रली लैजान पाएको बताए । त्यसपछि पनि ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी भएको र ट्रली लान नपाउने दाबी गर्न थाले । त्यसपछि सञ्जयले ती व्यक्तिकाे कार्ड देखाउन भने । ती व्यक्तीले कार्ड देखाउनुको सट्टा उल्टै हप्काउन खोजपछि सञ्जयले नै प्रहरीलाई बोलाए । 

तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थाले । त्यसपछि उनी आगमन कक्षबाट बाटो क्रस गरेर पार्किङतिर सोझिँदै फोन निकालेका मात्रै थिए, ती प्रहरी आएर उनलाई झनझनै थर्काउन थाले, त्यस बेला उनले भिडियो कैद गर्न सुरु गरेका थिए । 

आफूले भिडियो खिचेको थाहा पाएपछि त्यहाँ आएका प्रहरी, ट्राफिक प्रहरीले एक्कासि हातपछि लगेर घिसार्दै आगमन कक्षको प्रतीक्षालयमा लगेको सञ्जय बताउँछन् । 

बाहिरबाटै लतार्दै लगेका प्रहरीले भित्र लगेर बुटले सञ्जयको खुट्को नलीमा हिर्काएको सार्वजनिक भएको भिडियोमै देखिन्छ । 

त्यस्तै विमानस्थलमा भएका अन्यले समेत प्रहरीको अत्याचार देखेर होहल्ला सुरु गरेका थिए । त्यसपछि भने प्रहरीहरूले आफूलाई हल्ला नगर्नु भन्दै पठाएको सञ्जय बताउँछन्  । 

यसरी विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीबाटै कुटपिट हुनु दुखद भएको उनी बताउँछन् । त्यस्तै विदेशबाट फर्किएको मानिस विमानस्थलमा आउँदा फेरिएका नियमहरू बुझाउनुपर्नेमा उल्टै सबै मानिस अघि प्रहरीले कुटपिट गर्दा नराम्रो लागेको उनी बताउँछन् । 

सञ्जय प्रहरी र विमानस्थलमा भएको घटनामा न्यायका लागि कानुनी प्रक्रियामा जान खोजे पनि एक सातामै कर्मभूमि फर्किनुपर्ने भएकाले फेरी विमानस्थलमा उनीहरूले समस्या पार्न सक्ने भन्दै त्रसित छन् । 

उता नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनका एसएसपी सोमेन्द्र सिंह राठौरले भने उनले भन्सारबाटै लफडा गर्दै आएर बाहिर ट्याक्सी व्यवसायीसँग पनि लफडा गरेकाले भित्र लगेर सम्झाएको बताएका छन् । एसएसपी राठौरले सञ्जयलाई प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् । 

यता सञ्जयले भने आफूले भन्सारमा कुनै लफडा नगरेको र राम्रोसँग चेकजाँच भएरै निस्किएको बताएका छन् । साथै प्रहरीले आफूले जुत्ताले हान्न खोजेको भन्दै झुटो दाबी गरेको सञ्जय बताउँछन् । प्रहरीले लछारपछार गर्दा आफ्नो जुत्ता फुत्किएपछि हातमा समाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

“रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

चमारले अफ्ताब आलम र उनका समर्थकबाट धम्कीसमेत पाएको दाबी गरेका छन् । “मेरो घरमा मान्छे पठाएर आमालाई धम्क्याएको थियो— ‘तिम्रो छोरा मर्छ’, अहिले पनि मलाई डर लागिरहेको छ,”...