नेभिगेशन
समाज

कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

Marvel
Extreme Energy

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ ।

त्यस्तै, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग र निष्पक्ष अनुसन्धानको आवश्यकताबारे पनि प्रतिपक्षी दलहरूबीच छलफल हुने उनले बताए ।

पछिल्लो समय सरकारको कार्यशैली, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालनका घटनालाई लिएर विरोध भइरहेका बेला कांग्रेसले प्रतिपक्षी दलहरूलाई एकै ठाउँमा बोलाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।
बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ विकसित भएको छ ।
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र अभिलेखलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।