नेभिगेशन
समाज

किन बस्दैछ कांग्रेस संसदीय दलको बैठक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसहित पत्रकार र कर्मचारीमाथि राज्यबाट भइरहेको व्यवहारबारे छलफल हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय दलकी प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास, समसामयिक राजनीतिक विषय तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

Marvel
Extreme Energy

पछिल्लो समय पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने तथा कर्मचारीमाथि दबाब र त्रास सिर्जना गर्ने घटनाप्रति विभिन्न क्षेत्रबाट विरोध भइरहेका बेला कांग्रेस संसदीय दलले यी विषयलाई छलफलमा राख्न लागेको हो ।

यसअघि आइतबार कांग्रेस सभापति गगनकुमार थापाले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । उनले सरकार स्वेच्छाचारी बाटोमा अघि बढेको टिप्पणी गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ विकसित भएको छ ।
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र अभिलेखलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।
कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।