नेभिगेशन
समाज

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र अभिलेखलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘र्‍याकदेखि स्क्रिनसम्म’ भन्ने अवधारणासहित जिफन्टले आफ्नो राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)मा सङ्कलित १० हजारभन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, आवधिक प्रकाशन, तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक दस्तावेजलाई डिजिटल माध्यमबाट उपलब्ध गराउन लागेको हो ।

Marvel
Extreme Energy

जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्रले भौतिक पुस्तकालयका रूपमा सेवा सुरु गरेको थियो । आइतबार आयोजित कार्यक्रममा केन्द्रलाई एआईमा आधारित डिजिटल ज्ञान केन्द्रका रूपमा रूपान्तरण गर्ने नयाँ अध्याय सुरु गरिएको हो ।

कार्यक्रममा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सहअस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।

जिफन्टका संरक्षक विष्णु रिमालले राष्ट्रिय श्रम स्रोत केन्द्रमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी सामग्री सङ्कलित रहेको जानकारी दिए । सङ्कलित सामग्रीको विस्तार निरन्तर भइरहेको उनले बताए ।

डिजिटल पुस्तकालयमार्फत ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आफूलाई आवश्यक ज्ञान र सूचना एउटै खोज प्रक्रियाबाट केही सेकेन्डमै प्राप्त गर्न सक्ने जिफन्टको अपेक्षा छ ।

केन्द्रलाई सूचनाको भण्डारमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको अन्तरक्रियात्मक मञ्चका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ । यसका लागि ‘ज्ञान बाँडौँ, साझेदारी विस्तार गरौँ’ भन्ने अवधारणा अघि सारिएको जिफन्टले जनाएको छ ।

राष्ट्रिय श्रम स्रोत केन्द्रले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पुस्तकालयलगायत समान प्रकृतिका ज्ञान केन्द्र, डिजिटल अभिलेखालय र अन्तर्राष्ट्रिय पुस्तकालयसँग संस्थागत साझेदारी विस्तार गर्ने प्रयाससमेत गरिरहेको छ ।

हाल परीक्षण चरणमा रहेको एआई सेवाको उपयोग गर्न इच्छुक व्यक्तिले काठमाडौंको अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा उपस्थित भएर उपलब्ध सामग्री तथा सेवा लिन सक्नेछन् । डिजिटलीकरण प्रक्रिया अघि बढ्दै आवश्यक प्रणाली सञ्चालनमा आएपछि सेवा एपमार्फत विस्तार गरिने केन्द्रले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त (आईटीयूसी–एपी)का महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले नयाँ पुस्तामा श्रम आन्दोलनको ज्ञान हस्तान्तरण गर्न सहयोग पुग्ने बताए ।

उनले श्रमिकका चाहना फरक–फरक भए पनि पारस्परिक सम्मान र हितका लागि लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिए । जिफन्टको अभियानले एसियाको मात्र नभई विश्वभरका श्रमिक आन्दोलनलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा एजुकेसन इन्टरनेसनल एसिया–प्रशान्तका क्षेत्रीय निर्देशक आनन्द सिंह, पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)का क्षेत्रीय प्रमुख कन्नन, बीडब्लुआईका अपोलिनार टोलेन्टाइन, डब्लुएसएमका ब्रुनो, आईटीयूसी–एपीका पातुआन र सोलिडारिटी सेन्टरकी लुना रञ्जितलगायतको उपस्थिति थियो ।

जिफन्टका महासचिव लक्ष्मण शर्माले सञ्चालन गरेको कार्यक्रममा युएनआईका महासचिव राजेन्द्र आचार्यले उद्घाटन मन्तव्य राखेका थिए । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।
बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ विकसित भएको छ ।
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।