नेभिगेशन
समाज

राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

तुलसीपुर (दाङ) । पश्चिम राप्ती नदीको बाढी जोखिम न्यूनीकरण तथा दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका र आसपासका क्षेत्रमा नदी व्यवस्थापनलाई प्रभावकारी बनाउन अध्ययन सुरु गरेको हो ।

Marvel
Extreme Energy

पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई ध्यानमा राखेर अध्ययन अघि बढाइएको आयोजनाले जनाएको छ । बाढी जोखिम न्यूनीकरण गर्नुका साथै नदी आसपास निर्माण हुने पूर्वाधारलाई दिगो र जलवायुमैत्री बनाउन अध्ययनले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन सम्पन्न भएको छ ।

अध्ययनले नौमुरे बाँध निर्माणपछि पश्चिम राप्ती नदीमा सुक्खायाममा हुने पानीको अभाव र वर्षायाममा आउने बाढी व्यवस्थापनमा सहयोग पुग्ने वलीले बताए ।

उनका अनुसार नदी नियन्त्रण, पुल तथा अन्य जलप्रवाहसम्बन्धी संरचनाको डिजाइनमा एकरूपता कायम गर्न पनि अध्ययन उपयोगी हुनेछ । यसबाट दिगो र जलवायुमैत्री संरचना निर्माणमा सहयोग पुग्नेछ ।

यसैबीच, नदी नियन्त्रणका लागि हालसम्म निर्माण गरिएका संरचनाको संरक्षण तथा आगामी योजना व्यवस्थित बनाउन आयोजनाले वेबमा आधारित सम्पत्ति व्यवस्थापन प्रणाली तयार पारेको छ ।

उक्त प्रणालीमा निर्माण भइसकेका संरचनाको डिजिटल अभिलेख, तिनबाट समुदायले प्राप्त गरेको लाभ, आवश्यक थप संरचना, अनुमानित लागत र अपेक्षित प्रतिफल समेटिनेछ । यही विवरणका आधारमा नदी व्यवस्थापनको गतिशील गुरुयोजना तयार पारिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।
बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’बारे के भन्छन् मौसमविद् ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ विकसित भएको छ ।
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी ज्ञान दिने एआई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र अभिलेखलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।