नेभिगेशन
समाज

रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सदस्य तथा शुभेच्छुकहरुलाई सामाजिक सञ्जालमा मर्यादित र शिष्ट रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टीलाई नै क्षती पुग्ने भएकाले  अर्मादित र अशिष्ट तरिकाले प्रस्तुन नहुन निर्देशन दिएको रास्वपाले जनाएको छ । 

Ncell
Extreme Energy

प्रवक्ता मनिष झाका अनुसार सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता उल्लंघन नगर्न र सभ्य रूपमा प्रस्तुत हुन कार्यवाहक सभापति अर्यालले  अनुरोध गरेका थिए । 

यस्तै आजको बैठकमा उपसभापति डा.स्वर्णिम वाग्लले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’को खाका प्रस्तुत गरेका थिए । डा.वाग्लले सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र आयोगको कटौती र सार्वजनिक सेवामा सुधार देखाउने ‘ब्लु प्रिन्ट’ व्याख्या गरेको प्रवक्ता झाले जानकारी दिए । 

यस्तै आजको बैठकले महाअधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको छ । प्रवक्ता झाका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ । झाका अनुसार ७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको छ । 

रास्वपाले निर्धारित क्यालेन्डर अनुसार पार्टीले २०८२ असोजसम्ममा वडा अधिवेशन सम्पन्न गरिसक्ने, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने

पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनालाई अझै सशक्त बनाउने उद्देश्यले सातै प्रदेशमा इन्चार्जहरू तोकिएको रास्वपाले जनाएको छ । 

रास्वपाका प्रदेश इन्चार्ज तोकिए, कसलाई कुन प्रदेशको जिम्मा ?

यस्तै बैठकले शिक्षा विधेयक ल्याउन माग राखी विगत १६ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नका लागि यही वैशाख १२ गतेदेखि शुरू हुने संसद् अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...