नेभिगेशन
मुख्य समाचार

रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सदस्य तथा शुभेच्छुकहरुलाई सामाजिक सञ्जालमा मर्यादित र शिष्ट रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । 

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टीलाई नै क्षती पुग्ने भएकाले  अर्मादित र अशिष्ट तरिकाले प्रस्तुन नहुन निर्देशन दिएको रास्वपाले जनाएको छ । 

CG

प्रवक्ता मनिष झाका अनुसार सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता उल्लंघन नगर्न र सभ्य रूपमा प्रस्तुत हुन कार्यवाहक सभापति अर्यालले  अनुरोध गरेका थिए । 

यस्तै आजको बैठकमा उपसभापति डा.स्वर्णिम वाग्लले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’को खाका प्रस्तुत गरेका थिए । डा.वाग्लले सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र आयोगको कटौती र सार्वजनिक सेवामा सुधार देखाउने ‘ब्लु प्रिन्ट’ व्याख्या गरेको प्रवक्ता झाले जानकारी दिए । 

यस्तै आजको बैठकले महाअधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको छ । प्रवक्ता झाका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ । झाका अनुसार ७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको छ । 

रास्वपाले निर्धारित क्यालेन्डर अनुसार पार्टीले २०८२ असोजसम्ममा वडा अधिवेशन सम्पन्न गरिसक्ने, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने

पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनालाई अझै सशक्त बनाउने उद्देश्यले सातै प्रदेशमा इन्चार्जहरू तोकिएको रास्वपाले जनाएको छ । 

रास्वपाका प्रदेश इन्चार्ज तोकिए, कसलाई कुन प्रदेशको जिम्मा ?

यस्तै बैठकले शिक्षा विधेयक ल्याउन माग राखी विगत १६ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नका लागि यही वैशाख १२ गतेदेखि शुरू हुने संसद् अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

भरतपुरमा अधुरै प्रशासनिक भवनको उद्घाटन गर्न थालिएको भन्दै चौतर्फी विरोध

महानगरको प्रमुख प्रशासकीय अधुरै भवनको शुक्रवार उद्घाटन गर्ने महानगरले निर्णय गरेको हो । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समिति लगायतका अन्य पार्टीले समेत विरोध जनाएका...
किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।  काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस...
धरानका मेयर हर्क राई नगदसहित सम्मानित

धरानका मेयर हर्क राई नगदसहित सम्मानित

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उजलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।