नेभिगेशन
समाज

नवनियुक्त मधेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । मधेश प्रदेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय लगायत अन्य दुई जनालाई समेत विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

मुद्दा दायर सँगै उपाध्याय मधेश प्रदेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन् । उनले सोमवार मात्रै गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीबाट सपथ लिएका थिए । सपथ लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए । 

CG

उपाध्यायलाई बारा जिल्लाको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेको सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएको अख्तियारले निकालेको प्रेस विज्ञप्तिमा जनाईएको छ । 

अख्तियारले उपाध्यायसँगै पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुप्रयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दावी गरेको छ । 

अख्तियारले बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरी पचरौता नगरपालिकामा पेश गर्न लगाई झट्टा विवरण सहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० रुपैयाँ उपाध्यायको केएस मल्टिपर्पस प्रालिलाई भुक्तानी दिएको जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा के एस मल्टिपर्पस प्रालिका अध्यक्ष कमल कुमार उपाध्याय समेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्का अभिलेख राख्ने प्रयोजनार्थ मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको अख्तियारले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...