नेभिगेशन
समाज

ट्राफिक प्रहरीले युवक कुटेको अर्को भिडियो पनि भाइरल

काठमाडौँ । ट्राफिक प्रहरीले एक युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडियो पनि भाइरल भएको छ । 

सो भिडियोमा एक युवक हातमा हेलमेट लिएर कुदिरहेको देखिन्छ भने उनलाई एक ट्राफिक प्रहरीले लेखेटिरहेको देखिन्छ । ती युवकले किन कुटेको भन्दै भागेको सार्वजनिक भएको भिडियोमा देखिन्छ भने लखेट्ने ट्राफिक प्रहरीले किन भागेको भन्दै ती युवकको कठालो समाएर कुटपिट गरेको देखिन्छ । 

CG

त्यस्तै ती युवकलाई ती ट्राफिक प्रहरीले भागेको दिशातिर फर्काउँदै लात्ती बजारेको समेत देखिन्छ । 

शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको सो भिडियो कहाँको हो भन्ने एकिन भइसकेको छैन् । यस विषयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफूहरुकहाँ भिडियो आएको र सो भिडियोको वास्तविकता बुझ्ने प्रयास भइरहको बताएको छ । 

त्यसो त बिहिबार पनि एक ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुने गरि कुटपिट गरेको घटना बाहिरिएको थियो । भिडियो भाइरल भएपछि  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय त्यसमाथि अनुसन्धान सुरु गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा युवकमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको सो घटना मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको खुलेको छ । 

कुटपिटमा संलग्न एक ट्राफिक प्रहरीसहित अन्य ४ जना ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेको र उनीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तानिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...