नेभिगेशन
मुख्य समाचार

२५ करोड तस्करी प्रकरणमा सरकारले गतिलो अनुसन्धान गरेन, गृहमन्त्रीले जवाफ दिनुपर्योः एमाले सांसद गिरी (भिडियाे)

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले २५ करोड तस्करी प्रकरणमा सरकारले गतिलो अनुसन्धान नगरेको दाबी गरेका छन् । सो प्रकरणमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु संलग्न भएको समाचारहरु आएको बताउँदै सांसद गिरीले उक्त तस्करीमा फितलो अनुसन्धान भएको बताएका हुन् ।

‘टोखाबाट बरामद भएको विदेशी मुद्रामा केही राजनीतिक दलका नेता कार्यकर्ताहरु संलग्न भएको विभिन्न विषयहरु बाहिर आयो । त्यसमा को को संलग्न थिए ? यो खालको खेल कहाँबाट भइरहेको थियो ? त्यसमा को को संलग्न भएर यो मुलुकमा यस्ता खालका काम भइरहेका छन् । यसको खोजी गर्ने कुरामा, अनुसन्धान गर्ने कुरामा जुन प्रकारले सरकारले काम गर्नुपथ्र्यो, त्यो अझै भएको छैन ।’, सांसद गिरीले भने ।

CG

त्यस्तै उनले उक्त प्रकरणमा संलग्न भनिएकाहरु अनुसन्धानमा नतानिएको, पैसाको स्रोत र कहाँ पठाउन खोजिएको छ भन्ने कुरा समेत नखुलेका कारण त्यसको जवाफ गृहमन्त्रीले संसदमा दिनुपर्ने बताएका छन् । सांसद गिरीले भने, ‘म यहाँनेर आग्रह गर्न चाहान्छु, यो अनुसन्धान गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ? यसमा को को संलग्न छन् ? त्यसको पैसा कहाँबाट आएर कहाँ पठाउन खोजिएको थियो, के उद्देश्यले त्यो काम गर्न खोजिएको थियो ? त्यसकारण त्यसको गहिरो अनुसन्धान गरेर त्यसमा संलग्न भएकाहरुलाई कारबाही गर्नुपर्ने आवश्यकता छ । त्यसका निम्ति के कस्ता कामहरु भएका छन्, म गृहमन्त्रीज्यूलाई यो संसदमा आएर जवाफ दिन पनि म माग गर्न चाहान्छु ।’


 

२५ करोडको तस्करीमा राजस्व अनुसन्धान विभागको ‘कच्चा’ अनुसन्धान !

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...
इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा  नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...

भर्खरै