नेभिगेशन
समाज

२५ करोड तस्करी प्रकरणमा सरकारले गतिलो अनुसन्धान गरेन, गृहमन्त्रीले जवाफ दिनुपर्योः एमाले सांसद गिरी (भिडियाे)

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले २५ करोड तस्करी प्रकरणमा सरकारले गतिलो अनुसन्धान नगरेको दाबी गरेका छन् । सो प्रकरणमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु संलग्न भएको समाचारहरु आएको बताउँदै सांसद गिरीले उक्त तस्करीमा फितलो अनुसन्धान भएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘टोखाबाट बरामद भएको विदेशी मुद्रामा केही राजनीतिक दलका नेता कार्यकर्ताहरु संलग्न भएको विभिन्न विषयहरु बाहिर आयो । त्यसमा को को संलग्न थिए ? यो खालको खेल कहाँबाट भइरहेको थियो ? त्यसमा को को संलग्न भएर यो मुलुकमा यस्ता खालका काम भइरहेका छन् । यसको खोजी गर्ने कुरामा, अनुसन्धान गर्ने कुरामा जुन प्रकारले सरकारले काम गर्नुपथ्र्यो, त्यो अझै भएको छैन ।’, सांसद गिरीले भने ।

Ncell
Extreme Energy

त्यस्तै उनले उक्त प्रकरणमा संलग्न भनिएकाहरु अनुसन्धानमा नतानिएको, पैसाको स्रोत र कहाँ पठाउन खोजिएको छ भन्ने कुरा समेत नखुलेका कारण त्यसको जवाफ गृहमन्त्रीले संसदमा दिनुपर्ने बताएका छन् । सांसद गिरीले भने, ‘म यहाँनेर आग्रह गर्न चाहान्छु, यो अनुसन्धान गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ? यसमा को को संलग्न छन् ? त्यसको पैसा कहाँबाट आएर कहाँ पठाउन खोजिएको थियो, के उद्देश्यले त्यो काम गर्न खोजिएको थियो ? त्यसकारण त्यसको गहिरो अनुसन्धान गरेर त्यसमा संलग्न भएकाहरुलाई कारबाही गर्नुपर्ने आवश्यकता छ । त्यसका निम्ति के कस्ता कामहरु भएका छन्, म गृहमन्त्रीज्यूलाई यो संसदमा आएर जवाफ दिन पनि म माग गर्न चाहान्छु ।’


 

२५ करोडको तस्करीमा राजस्व अनुसन्धान विभागको ‘कच्चा’ अनुसन्धान !

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ ।
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् ।
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।