नेभिगेशन
समाज
२५ कराेड प्रकरण :

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

वडाध्यक्षका दाइसमेत सञ्चालक, जो पैसा लोड हुँदा गोदाममै थिए

काठमाडौँ । गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विदेशी मुद्रासहित पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामाका अनुसार उक्त मुद्रा टोखा नगरपालिका–३ ग्रीनल्याण्डमा रहेको सिन्धु मेटेरियल्स प्रा.लि नामक गोदामबाट लोड भएको थियो । जुन गोदामका सञ्चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन कुमार भण्डारी भएको खुलेको छ ।

Ncell
Extreme Energy

बयानका क्रममा फुच्चेले भनेका छन्, ‘रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको देखेपछि मैले सोही स्थानमा कन्टेनर रोकी रसुवा लाने सामान छ कि ? भनेर गोदाममा छिरेको थिएँ । म उनीहरूसँग कुराकानी गरी बसिरहेको समयमा  कालो वर्ण भएको अग्लो मानिस मेरो गाडीबाट झरेको देखेर के गरेको ? भनेर सोध्दा नारायण पौडेलले ‘मेरो केटा हो’ भन्दै कालो वर्ण भएको अग्लो मानिसलाई, ‘ए केटा काम सक्कियो ?’ भनेर सोध्दै थिए ।’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

फुच्चेको सो बयानपछि अनुसन्धान अधिकारीहरूले टोखाको सिन्धु मेटेरियल्स प्रा.लिको सञ्चालकको खोजी गरेको थियो । खोजीका क्रममा सो कम्पनीको सञ्चालकमा २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका बाह्रबिसे ३ का वडाध्यक्ष जीवन कुमार भण्डारी भएको खुलेको हो । 

बयानका क्रममा वडाध्यक्ष भण्डारीले आफू सो कम्पनीको सञ्चालक रहे पनि आफूले कुसाङ लामालाई नचिनेको र कुसाङ लामाको ट्रकबारे केही थाहा नभएको बताएका छन् । त्यस्तै उनले आफू वडाध्यक्ष भएका कारण अधिकांश समय सिन्धुपाल्चोकमै हुने बताएका छन् । ‘म सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका वडा नं ३ को वडा अध्यक्ष हुँ । म वडा अध्यक्ष भएकाले प्राय सिन्धुपाल्चोकमै बस्ने गर्छु । म सिन्धु मेटेरियल्स प्रा.लिको सञ्चालकको रूपमा रहेको छु’, भण्डारीले भनेका छन्, ‘प्रतिवादी कुसाङ लामालाई म चिन्दिनँ । उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरको सम्बन्धमा मलाई केही पनि थाहा छैन ।’

25-karod-1744611519.jpg
त्यस्तै उनले कुसाङ लामाले आफ्नो गोदाममा कन्टेनर राखेको भन्ने विषयमा समेत आफूलाई जानकारी नभएको बताएका छन् । वडाध्यक्ष भण्डारीले उक्त मुद्दाका सम्बन्धमा आफूलाई केही थाहा नभएको र कसूरमा संलग्नहरूलाई कानुनी कारबाहीको समेत माग गरेका छन् । 

स्थानीय तह निर्वाचनमा २०७९ मा भण्डारीले नेपाली कांग्रेसबाट १ हजार ८९ मतसहित निर्वाचन जितेका थिए । उनका प्रतिस्पर्धी एमालेका राम श्रेष्ठले ६ सय ३ मत पाएका थिए । 

ward-chairperson-1745412230.png
त्यस्तै सो कम्पनीको सञ्चालकमा ४ जना रहेको खुलेको छ । जसमा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष समेत रहेका जीवन कुमार भण्डारी, सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३ कै राजकुमार भनिने हरिबहादुर भण्डारी, सोही ठेगाना भएको तुलसी भण्डारी र सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका नारायण पौडेल हुन् । जसमध्ये नारायण पौडेललाई भने सरकारले प्रतिवादी बनाएको छ । 

वडाध्यक्षका दाइसमेत सञ्चालक, जो पैसा लोड हुँदा गोदाममै थिए
त्यसो त वडाध्यक्ष जीवन कुमार भण्डारीका दाइ समेत सो कम्पनीका सञ्चालक रहेको पाइएको छ । राजकुमार भनिने हरिबहादुर भण्डारी आफ्नो दाइ भएको वडाध्यक्ष भण्डारीले बताएका छन् । 

हरिबहादुर भण्डारी त्यही व्यक्ति हुन्, जो कन्टेनरमा पैसा लोड हुँदाको समयमा गोदाममै भएको पक्राउ परेका ‘फुच्चे’ले बताएका छन् । 

अनुसन्धान अधिकारीसँग फुच्चेले आफू रसुवा जाने क्रममा टोखास्थित गोदाममा नारायण पौडेल र राजकुमार भनिने हरिबहादुर भण्डारी कुराकानी गरेर बसेको देखेपछि आफूले गोदाममा गाडी रोकेर राखेको र सोही समयमा कन्टेनरमा पैसा लोड भएको बताएका छन् । ‘मेरो चिनजानकै मानिस हुन्, नारायण पौडेल । त्यहाँ गएर उनी र उनकै ड्राइभर तथा अकाउन्टेन्ट राजकुमार भन्ने हरिबहादुर भण्डारीसँग कुराकानी गरी बसिरहेको समयमा कालो वर्ण भएको अग्लो मानिस मेरो गाडीबाट झरेको देखेर के गरेको ? भनेर सोध्दा नारायण पौडेलले ‘मेरो केटा हो’ भन्दै कालो अग्लो वर्ण भएको मानिसलाई ए केटा काम सक्कियो ? भनेर सोध्दै थिए ।’, फुच्चेले भनेका छन् । 

kusang-lama-1-1742288181.jpg
पैसा तस्करी गर्न कन्टेनरमा लोड गरिरहेको समयमा गोदाममै भएका सञ्चालक हरिबहादुर भण्डारी, सो पैसा नियन्त्रणमा लिएको समयदेखि नै फरार भएका छन् । 

फुच्चे पक्राउ परेपछि अनुसन्धान अधिकारीहरूले नारायण पौडेल र हरिबहादुर भण्डारीको कल डिटेल्स रेकर्ड (सिडिआर) हेरेको थियो । जहाँ नारायण पौडेल र हरिबहादुर भण्डारीको लोकेशन एकै ठाउँमा रहेको देखिन्छ । उनीहरुले दुवै जनाले बालकुमारी मन्दिरबाट फोन स्विच अफ गरेर फरार भएका छन् ।

राजस्व अनुसन्धान विभागले नारायण पौडेललाई प्रतिवादी बनाएको छ तर हरिबहादुर भण्डारीलाई भने प्रतिवादी बनाएको छैन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थतन्त्र सुधारको जग बसाल्नेगरि बजेट ल्याएका छौँः अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि बजेट ल्याएका छौँः अर्थमन्त्री वाग्ले

नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरि सरकारले बजेट ल्याएको बताएका हुन्।
सहकारी पीडितलाई राज्यकोषबाट एक पैसा पनि वितरण गरिएको छैनःसहकारी मन्त्री रावल

सहकारी पीडितलाई राज्यकोषबाट एक पैसा पनि वितरण गरिएको छैनःसहकारी मन्त्री रावल

‘समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन’ उनले भनिन्, ‘पछिल्लो ३ महिनामा मात्रै विभिन्न ८ वटा समस्याग्रस्त सहकारी...
दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने उदेश्यले ७७ वटै जिल्लामा दलित होमस्टे सञ्चालनमा ल्याउँदै छौँः मन्त्री पौडेल

दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने उदेश्यले ७७ वटै जिल्लामा दलित होमस्टे सञ्चालनमा ल्याउँदै छौँः मन्त्री पौडेल

विनियोजन विधेयक, २०८३ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको बुधबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले विगत वर्षमाभन्दा आगामी आर्थिक वर्षमा पर्यटन र...
राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ । महाधिवेशनमा देशका बाँकी ७६ जिल्ला र विदेशबाट प्रतिनिधि एवं पर्यवेक्षक...

भर्खरै