नेभिगेशन
समाज

गाडी दबिएको स्थानको अध्ययन गर्न पुग्यो भूगर्भविद्को टोली

हेटौँडा। शुक्रवार हेटौँडामा सडक भासिएर गाडी बेपत्ता भएको स्थानको अध्ययन गर्न भूगर्भविद्को टोली घटनास्थल पुगेको छ । खानी तथा भूगर्भ विभागबाट ४ सदस्यीय टोली घटनास्थल पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलवार बिहान खाल्डोको अनुसन्धान गर्न पुगेको सो समूहमा भूगर्भविद् नारायण अविकारी, कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापा रहेका छन् ।

Ncell
Extreme Energy

शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिकाको दलदलमा भासिएको एक गाडी अझै पनि भेटिएको छैन । घटना घटेको ४ दिन बित्दासमेत शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकैको गैरीगाउँमा सडकबाट फसेको गाडी नभेटिएको हो ।

ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बलेरो भ्यान क्षणभरमै सडक भासिएर त्यसभित्र छिरेको थियो । गाडी चालक हरेराम राईका अनुसार सडकमा गुडिरहेको गाडी भूकम्प आएजस्तो एक्कासि हल्लिन सुरु गरेको थियो । त्यसपछि गाडी रोकेर झ्यालबाट पछाडि हेर्दा सडक तल धसिएको देखिएपछि उनी गाडीबाट निस्किएका थिए । त्यसको क्षणभरमै गाडी पूर्ण रूपमा जमिनमुनि हराएको हो ।

गाडी गायब भएसँगै स्थानीय मात्रै नभएर सुरक्षाकर्मी र जनप्रतिनिधिको टिमसमेत त्यहाँ पुगेर विभिन्न विधि अपनाएर गाडी खोज्ने काम गरेका थिए । तर पनि कहीँ कतै गाडी भेटिएको छैन । सडक भासिएपछि गाडी भासिएको स्थानमा अहिले ठुलो दह बनेको छ ।

माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्झन् भित्र पसेर गायब भएको थियो । घटना हुनुभन्दा केही अघिसम्म सामान्य रहेको ठाउँ एक्कासि कसरी भासियो भन्नेमा स्थानीय चकित छन् ।

सो ठाउँमा पहिले बोरिङका लागि खाल्डो खनिए पनि पानी ननिस्काएपछि सानो खाल्डो यसै छोडिएको थियो । त्यही सानो खाल्डोले ठुलो घटना बनाएको स्थानीय बताउँछन् । त्यस्तै सो ठाउँमा यसअघि पनि पटक पटक घटना घट्ने गरेको स्थानीय बताउँछन् ।

गाडी खोज्न बाँस तथा रडको सहायता लिँदासमेत गाडीको अत्तोपत्तो नभएपछि हराएको गाडीको विषयमा अध्ययन गर्न हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् बोलाएको थियो । उपमहानगरको बोलाएपछि भूगर्भको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल रु १५ लाख र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवालारआश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९’ बमोजिम रु पाँच लाख...