नेभिगेशन
मुख्य समाचार

गाडी दबिएको स्थानको अध्ययन गर्न पुग्यो भूगर्भविद्को टोली

हेटौँडा। शुक्रवार हेटौँडामा सडक भासिएर गाडी बेपत्ता भएको स्थानको अध्ययन गर्न भूगर्भविद्को टोली घटनास्थल पुगेको छ । खानी तथा भूगर्भ विभागबाट ४ सदस्यीय टोली घटनास्थल पुगेको हो ।

मङ्गलवार बिहान खाल्डोको अनुसन्धान गर्न पुगेको सो समूहमा भूगर्भविद् नारायण अविकारी, कृष्ण पाण्डे, मणि खनाल र स्याम्प्लर अमर थापा रहेका छन् ।

CG

शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिकाको दलदलमा भासिएको एक गाडी अझै पनि भेटिएको छैन । घटना घटेको ४ दिन बित्दासमेत शुक्रवार अपराह्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकैको गैरीगाउँमा सडकबाट फसेको गाडी नभेटिएको हो ।

ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बलेरो भ्यान क्षणभरमै सडक भासिएर त्यसभित्र छिरेको थियो । गाडी चालक हरेराम राईका अनुसार सडकमा गुडिरहेको गाडी भूकम्प आएजस्तो एक्कासि हल्लिन सुरु गरेको थियो । त्यसपछि गाडी रोकेर झ्यालबाट पछाडि हेर्दा सडक तल धसिएको देखिएपछि उनी गाडीबाट निस्किएका थिए । त्यसको क्षणभरमै गाडी पूर्ण रूपमा जमिनमुनि हराएको हो ।

गाडी गायब भएसँगै स्थानीय मात्रै नभएर सुरक्षाकर्मी र जनप्रतिनिधिको टिमसमेत त्यहाँ पुगेर विभिन्न विधि अपनाएर गाडी खोज्ने काम गरेका थिए । तर पनि कहीँ कतै गाडी भेटिएको छैन । सडक भासिएपछि गाडी भासिएको स्थानमा अहिले ठुलो दह बनेको छ ।

माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्झन् भित्र पसेर गायब भएको थियो । घटना हुनुभन्दा केही अघिसम्म सामान्य रहेको ठाउँ एक्कासि कसरी भासियो भन्नेमा स्थानीय चकित छन् ।

सो ठाउँमा पहिले बोरिङका लागि खाल्डो खनिए पनि पानी ननिस्काएपछि सानो खाल्डो यसै छोडिएको थियो । त्यही सानो खाल्डोले ठुलो घटना बनाएको स्थानीय बताउँछन् । त्यस्तै सो ठाउँमा यसअघि पनि पटक पटक घटना घट्ने गरेको स्थानीय बताउँछन् ।

गाडी खोज्न बाँस तथा रडको सहायता लिँदासमेत गाडीको अत्तोपत्तो नभएपछि हराएको गाडीको विषयमा अध्ययन गर्न हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् बोलाएको थियो । उपमहानगरको बोलाएपछि भूगर्भको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।