नेभिगेशन

मुख्य समाचार

भारत–पाकिस्तान युद्धः ‘सिन्दूर’ पुछिएको बदलामा अपरेशन ‘सिन्दूर’

काठमाडाैँ । पहलगाममा ‘सिन्दूर’ पुछिएकाहरुको बदलामा भारतले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ चलाएको छ । बुधबार राति १ बजे पाकिस्तानका ९ स्थानमा २४ क्षेप्यास्त्र हान्दै भारतले बदला लिएको दाबी गरेको छ । 

पहलगाममा हिन्दु पहिचान भएका निर्दोष २६ जना युवाको हत्या गर्दै, उनका परिवार र श्रीमतीहरुलाई मोदीलाई खबर पुर्याउनु भन्दै दिएको सन्देशको जवाफ फर्काएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । 

‘हिन्दुस्तान टाइम्स’का अनुसार आक्रमणका क्रममा ३० बढी मारिएका छन् । पाकिस्तानले भने २६ जना मारिएको दाबी गरेको छ । उसले ४६ जना घाइते रहेको जनाएको छ ।

यस्तै भारततर्फ भने ३ जना नागरिक मारिएको भारतीय सेनाले जनाएको छ । भारत प्रशासित कश्मीरमा नेपाली युवा सुदिप न्यौपाने सहित २६ जनाको ज्यान लिएको बदलामा घटनाको दुई साता पश्चाता भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा क्षेप्यास्त्र प्रहार गरेको हो । 

‘अपरेशन सिन्दूर’मा भारतले पाकिस्तानमाथि २४ मिसाइल हानेको दाबी गरिएको छ भने ५ वटा मिसाइल सहित ड्रोन खसालेको पाकिस्तानले जनाएको छ । फ्रान्समा निर्मित तीनवटा राफेल विमान र दुईओटा रुसमा बनेका लडाकु जहाज खसालेको पाकिस्तानले दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

भारतका अनुसार पाकिस्तानका बहालपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद लगायतका ९ स्थानमा हवाई हमाल गरेको हो । भारतले लश्कर र जैशाको मुख्यालय ध्वस्त पारेको दाबी गरेका छ । यी ठाउँ आतंकवादको अड्डा भएको र यहाँबाटै भारतविरुद्ध हमला नियोजित र निर्देशित भएको जनाएको छ । 

गत महिना भएको पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणको बदला लिने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले अकारण पाकिस्तानमाथि आक्रमण भएकाले यसको जबाफ दिने बताएका हुन् । 

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले जियो टीभीसँग कुरा गर्दै ती हमलामा गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन् । 

पहलगाम घटना लगत्तै आक्रोशित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा आतंकवादका योजनाकारलाई कल्पना गरे भन्दा कडा सजाय दिइने बताएका थिए । पाकिस्तानले आतंककारीलाई सहयोग गरेको भन्दै आएको भारतले पहलगाम घटना गराउने मध्ये दुई जना पाकिस्तानी भएको दाबी गर्दै आएको छ । तर पाकिस्तानले आरोप अस्विकार गर्दै आएको छ । 

आक्रमणपछि पाकिस्तान र भारत सीमा क्षेत्रका विभिन्न क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरिएका छन् । यस्तै उडान क्षेत्रपनि प्रभावित भएको छ ।  एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गरेका छन् । 

भारतको आक्रमणपछि पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकण र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न गरेको खतरा’ बारे जानकारी गराएको बताएको छ । उसले  पाकिस्तानसँग संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अन्तर्गतको आत्मरक्षा अधिकारअनुसार, आफूले रोजेको समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने पूर्ण अधिकार रहेको सन्देश परिषद्लाई पठाएको जनाएको छ । 

पाकिस्तानको दावी अनुसार आक्रमणपछि भारत नियन्त्रित कश्मीरसँगको सीमामा रहेको एक सैन्य पोस्टमा भारतीय सैनिकहरुले आत्मसमर्पणको प्रतिक सेतो झण्डा उठाएको अलजजिराले जनाएको छ । साथै पाकिस्तानी सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले पनि यहि दाबी दोर्होयाएका छन् ।

यस अघि सन् २०१९ मा पनि पुलवामा ४० जना भारतीय अर्धसैनिकहरु मारिएपछि भारतले यस्तो आक्रमण गरेको थियो । 

भारत र पाकिस्तान हतियारका हिसाबमा को कति शक्तिशाली ? 

पाकिस्तानमाथि भारतले सिन्दुर अपरेशन सुरु गरेपछि यी दुई देशको शैन्य शक्तीको हिसाबकिताब सुरु भएको छ । 
भारतले आफ्नो शैन्य शक्ति पाकिस्तानको तुलनामा धेरै ठुलो भएको बताउँदै आएको छ । ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ ।

अहिलेको अवस्थामा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा छ भने पाकिस्तान १२औँ स्थानमा रहेको छ ।

भारतीय सेनासँग लगभग २२ लाख सैनिक, ४,२०१ ट्याङ्क, झण्डै  १ लाख ५ हजार बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३,९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन्। यसबाहेक, मल्टी ब्यारल रकेट आर्टिलरीहरूको सङ्ख्या २६४ छ।
यस्तै भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान र २७० पारवहनमा प्रयोग हुने विमानसहित २,२२९ वटा विमान रहेका छन्। यी मध्ये १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने विमान र छवटा ट्याङ्कर फ्लीट विमानहरू छन्।
भारतीय सेनाका तीनवटै अङ्गसँग गरेर कुल ८९९ हेलिकप्टर छन्। तीमध्ये ८० वटा हेलिकप्टर हमलाकारी रहेको बिबिसि हिन्दीले जनाएको छ । 

भारतीय नौसेनामा  १ लाख ४२ हजार नौसैनिक र दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन्।
यस्तै भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल रहेको छ । 

यता पाकिस्तानमा पनि शैन्य शक्ती त्यती कमजोर भने छैन । ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा झण्डै १३ लाख ११ हजार  सैनिक, १ ला २४ हजार नौसैनिक र ७८ हजार वायुसेना रहेका छन् । 

पाकिस्तानसँग ३२८ लडाकु विमान, आक्रामक प्रकारका ९० वटा विमान , ६४ वटा यातायात विमान, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका र ३७३ हेलिकप्टर सहित कुल १,३९९ विमानहरू रहेका छन् । 

यस्तै  २,६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० मल्टी ब्यारल रकेट पनि रहेका छन् । 

पाकिस्तानी नौसेनासँग ९ वटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ गस्ती जहाज रहेको बिबिसी हिन्दीले लेखेको छ । 

यस्तै पाकिस्तानसँग तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक उसको २ लाख ६४ हजार किलोमिटर सडक र ११ हजार हजार किलोमिटर रेलवे सञ्जाल छ।

आणविक हतियार को सँग कति ? 

यी दुवै देशसँग आणविक हतियार पनि रहेका छन् । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको सन् २०२४ को एक रिपोर्ट अनुसार भारतसँग १७२ आणविक वारहेड र पाकिस्तानसँग १७०  आणविक वारहेड रहेका छन् । यसबाहेक पनि दुबै देशसँग ठुलो संख्या आणविक हतियारको बन्दोबस्ती गरिरहेको जनाइएपनि संख्यामा भने स्पष्ट नभएको बिबिसि हिन्दीले जनाएको छ । 

युद्धमा प्रयोग हुने ड्रोनको को सँग कति ? 

बीबीसी उर्दूका अनुसार भारतसँग युद्धमा प्रयोग हुने लगभग पाँच हजार ड्रोन रहेका छन् भने पाकिस्तानसँग भारतभन्दा केहि कम तर ११ थरीका ड्रोन रहेका छन् । 

भारतले केहि वर्षअअि ३.५ अर्ब डलरमा ३१ वटा प्रिडेटर ड्रोन र ५० करोड ती ड्रोनले बोक्ने बम तथा लेजर मिसाइल  खरिदका लागि अमेरिकासँग सम्झौता गरेको थियो । यो ड्रोन युद्धमा सबैभन्दा सफल र खतरनाक ड्रोन भएको मानिएको छ । 

पाकिस्तानले आफैँले बनाएको बराक र शाहपर  ड्रोनसहित टर्कीको आधुनिक बेराक्टार ड्रोन टीबीटू र अकेन्जी छ ड्रोन रहेको छ यस्तै पाकिस्तानले चीनबाट वाङ लङ ट र सीएचफोर जस्ता ड्रोनहरू लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप मुख्य समाचार
स्थलगत रिपोर्टः गाडी नै निलेको रहस्यमयी दलदलबारे भूगर्भविद्को प्रारम्भिक निष्कर्षसहित

स्थलगत रिपोर्टः गाडी नै निलेको रहस्यमयी दलदलबारे भूगर्भविद्को प्रारम्भिक निष्कर्षसहित

स्थलगत रिपोर्टः गाडी नै निलेको रहस्यमयी दलदलबारे भूगर्भविद्को प्रारम्भिक निष्कर्षसहित
गाडी नै निलेको रहस्यमयी दलदल, स्थानीय भन्छन् ‘पहिले धेरै गोरु हराएका थिए रे’

गाडी नै निलेको रहस्यमयी दलदल, स्थानीय भन्छन् ‘पहिले धेरै गोरु हराएका थिए रे’

गाडी नै निलेको रहस्यमयी दलदल, स्थानीय भन्छन् ‘पहिले धेरै गोरु हराएका थिए रे’
जब हेर्दा हेर्दै सडक भासिएर पाँच सेकेण्डमै गाडी नै गायब भयो !(भिडियो)

जब हेर्दा हेर्दै सडक भासिएर पाँच सेकेण्डमै गाडी नै गायब भयो !(भिडियो)

। मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानामा पर्ने गौरी गाउँमा माछाको दाना लिन हेटौँडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा भासियो । माछा पालिएको पोखरीको छेउमा रहेको...