नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राखेका मागका बारेमा जानकारी लिएकी छिन् । 

सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन् । सो क्रममा प्रसाईंले आफ्ना माग व्यक्तिगत नभइ जनताको माग भएकाले गम्भिर हुन आग्रह गरेकी थिइन् भने प्रधानमन्त्री कार्कीले मागका बारेमा पुस २ गतेसम्म आन्तरिक छलफल गरेर पुनः छलफलमा बस्ने जनाइन् । 

CG

छलफलपछि संयोजक प्रसाईंले आफुहरुले उठाएका मागका बारेमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले गम्भिर रुपमा लिएको र छलफल गर्ने प्रतिवद्धता आएको बताए । उनले आफ्ना माग पुरा नभएसम्म तोकिएको समयमा निर्वाचन हुन नसक्ने विषय समेत प्रधानमन्त्रीलाई अवगत गराएको जानकारी दिए । जनेजी आन्दोलनपछि बनेको वर्तमान नागरिकको सरकारले समेत आफ्ना मागको सुनुवाई नगरे कडा संघर्षमा उत्रनुपर्ने अवस्था आउने उनको भनाइ छ । 

प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने, सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलव बृद्धि गर्नुपर्ने, हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्ने लगाएतका मागहरु राख्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक...
एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन । पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या...
नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिनेः हर्कराज साम्पाङ

नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिनेः हर्कराज साम्पाङ

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरुले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको...
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...