नेभिगेशन
समाज

वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलले गठन गरे कार्यदल

काठमाडौँ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।

वरिष्ठ चिकित्सक डा मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।

CG

यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ । तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा सुरेश तिवारी सदस्य छन् ।

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिँदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।

मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरुप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् ।

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपीडी सञ्चालनका अतिरिक्त भएका सेवाहरुमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ ।

सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन् । मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन् ।

अस्पतालका निर्देशक डा। दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।