नेभिगेशन
समाज

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

यसअघि बैसाख २९ गते अदालतले दिएको ५ दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत लगिएको थियो ।  जसमा न्यायाधीश क्षेत्रीको इजलासले ४ दिनको म्याद दिएको काठमाडौँ जिल्ला अदालतका प्रवक्ता दिपककुमार श्रेष्ठले बताए । 

CG

चैत १५ गते तीनकुनेमा आतंक मच्याएको आरोपमा उनीमाथि प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

तीनकुनेमा घटनापछि फरार बनेका उनीलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतको आसामबाट पक्राउ परेका उनीलगायत अन्य प्रतिवादीको हकमा समेत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै चैत १५ गते तिनकुनेमा पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...
नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

बुधबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीसंयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको...
प्रहरीको गोली लागेर स्थानीयको मृत्युपछि सुनसरी तनाव ग्रस्त

प्रहरीको गोली लागेर स्थानीयको मृत्युपछि सुनसरी तनाव ग्रस्त

उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । नेपाल भारत दशगजा क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५...
गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक...