नेभिगेशन
समाज

स्याउ बोक्ने गाडीमा ७ किलो बढी सुन तस्करी, १ जना पक्राउ

काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट ७ किलो ६५३ ग्राम परिमाणको सुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट भन्सार पास भएर नेपाल आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको कन्टेनरसहित २४ वर्षीय किशोर भुजेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी खेमबहादुर शाहीका अनुसार स्याउ बोक्ने कन्टेनरमा चालक माथि फल्स बटनमा सुन तस्करी गरेर नेपाल आउने क्रममा गाडीसहित चालक पक्राउ परेका हुन् । ‘स्याउ बोक्ने गाडीको चालकभन्दा माथिपट्टिको फल्स बटनमा सुनजस्तो धातु देखिएपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’, डिएसपी शाहीले सिधाकुरासँग भने । 

CG

बिस्कुटको आकारमा ल्याइएको सुन बरामदपश्चात गाडी, चालक र बरामद वस्तुको अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...
नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

बुधबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीसंयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको...
प्रहरीको गोली लागेर स्थानीयको मृत्युपछि सुनसरी तनाव ग्रस्त

प्रहरीको गोली लागेर स्थानीयको मृत्युपछि सुनसरी तनाव ग्रस्त

उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । नेपाल भारत दशगजा क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५...
गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक...