एभरेष्ट अस्पतालका लापरवाही कारण गोठाटारकी मनिता शर्माको मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमान दिएको उजुरी माथिको छानबिनमा काउन्सिलको भुमिकानै शंकास्पद देखिएको परिवारले गुनासो गरेका छन् ।
Watch On
मनिताको उपचारमा एभरेष्ट अस्पताल र चिकित्सक डा. ज्योत्सना शर्मा गम्भिर नहुँदा, मनिताको ज्यान गयो भन्दै उनका श्रीमान सुवास पराजुलीले छानबिन गरि कारबाहीको माग गर्दै २०८१ पुस २९ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । तर ४ महिना बढी भैसक्दा पनि उनको उजुरी माथि छानबिनको निष्कर्श आएको छैन ।
२ वर्षदेखि एभरेष्ट अस्पतालमा डा.ज्योत्सना शर्मासँग नियमित परिक्षण तथा उपचार गराइरहेकी मनिता शर्माको मंसिर २५ गते प्रसुतका लागि शल्यक्रिय भएको थियो । शल्यक्रिया गरेपछि उनको अवस्था बिग्रिएको थियो । करिब २४ घण्टा एभरेष्ट अस्पतालमा रहँदा उनको शरिरका सबै अंगले काम गर्न छाडिसकेको अस्पतालकै रिपोर्टबाट देखिएको थियो । तर उनलाई ह्याम्स अस्पताल लगिसकेपछि मात्रै हेल्प सिन्ड्रम र इक्लेम्सीयाका समयमा उपचार नहुँदा ज्यान गएको चिकित्सकहरुले बताएका थिए ।
तर डा.ज्योत्सनाले भने नियमित परिक्षण गर्दा मात्रै होइन, अवस्था चित्नाजनक हुँदा पनि मनिताको वास्तविक स्वास्थय अवस्था बारे परिवारलाई जानकारी नगराएको परिवारले गुनासो गर्दै आएका थिए । साथै अस्पतालले मृतकका परिवारलाई दिएको विवरण, अस्पतालको कन्टिनियस सिट तथा चिकित्सकले संचारमाध्यमा दिएको अभिव्यक्ती समेत फरक फरक देखिएको छ ।
अस्पतालका फरक फरक रिपोर्ट, चिकित्सकको अभिव्यक्ति सहित उजुरी दिएपछि सुवास उजुरीको अपडेट लिन नियमत जसो काउन्सिल पुग्ने गरेका छन् । तर जवाफ आज र भोलीमा मात्रै सिमित भएको छ ।
केहि दिन अघि पनि नेपाल मेडिकल काउन्सिलले डा विश्व दवाडीको नेतृत्वमा छानबिन टोली बनाएको थियो । तर छानबिन टोलीले मृतकका परिवारसँग जाहेरी बाहेक कुनै सोधपुछ नगरेको मृतक श्रीमान सुवास बताउँछन् । साथै उनीहरुले आरोपित चिकित्कलाई समेत बयानका लागि काउन्सिलमा बोलाएका थिए ।
आफ्नो बयान लिइदिन भन्दै सुवास, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार देखि काउन्सिलका अध्यक्ष प्रध्यापक डा चोपलाल भुषाललाई समेत भेटेका थिए । भेटका क्रममा भुषालले उजुरी र अस्पतालका केहि विवरण हेर्दा अस्पतालको लापरवाही भएको तथा चिकित्सकले तफृबाट परिवारलाई वास्तविकता जानकारी नदिइएको लगायतका कमजोरी भएको बताएका थिए । मृतक परिवारले यसको प्रमाण सुरक्षीत राखेका छन् । यस विषयमा निष्पक्ष छानबिन हुने आश्वासन उनले दिएका थिए ।
तर मृतकका आफन्तको जाहेरी र एभरेष्ट अस्पतालको एउटा लिखिरत जवाफलाई मात्रै आधार बनाएर मेडिकल काउन्सिलले निर्णय गर्न लागेको पराजुलीलाई काउन्सिलकै कर्मचारीले केही दिन अघि जानकारी गराएका छन् ।
आफूलाई एक पटक पनि छानबिन टोलीले नभेटी, केहि नसोधी रिपोर्ट निकाल्न थालिएपछि सुवासले सामाजिक संजालमा नेपाल मेडिकल काउन्सिलको शंकास्पद भूमिका बारे भिडियो सार्वजनिक गरे ।
भिडियोमा सुवासले नेपाल मेडिकल काउन्सिलले निष्पक्ष अनुसन्धान नगरेको गुनासो गरेका थिए । काउन्सिलले डा विश्व दवाडीको नेतृत्वमा गठित टोलीले वास्तविकता ढाकछोप गर्ने तरिकाले एकतर्फ मात्रै रिपोर्ट दिन लागको भन्दै आशंका व्यक्त गरेका थिए ।
साथै सुवासले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भुषाल, डा विश्व दवाडी अस्पताल तथा चिकित्सकका तर्फबाट प्रभावित भएको आरोप लगाएका थिए । सुवासका अनुसार काउन्सिललाई आरोपित डाक्टर शर्माका श्रीमान् डा सन्जिव तिवारीले विभिन्न शक्ती केन्द्र धाएर तथा काउन्सिलका अध्यक्ष भुषालसँग भेटेर प्रभावित बनाएको बताएका छन् । नेपाल मेडिकल एशोसियनका महासचिव समेत रहेको डा तिवारले पेशा र पदको दुरुपयोग गर्दै काउन्सिललाई प्रभावित बनाएका छन् ।
साथै सुवासका अनुसार अस्पतालले मनिताको मृत्युपछि ह्याम्स अस्पतालमा पठाइएको डकुमेन्ट, उनले आफूले प्राप्त गरेको डकुमेन्टसँग अस्पताले काउन्सिलमा बुझाएको विवरण परीक्षण समेत नगरेको बताए । साथै अस्पतालको सिसिटिभ परिक्षणका लागि समेत काउन्सिलमा लेखेर दिदाँ समेत परिक्षण नगरिएको बताए ।
साथै सुवासले अस्पतालका दिपक बरालसँग भेट गर्दा समेत उनले चिकित्सकले परिवारलाई वास्तविकता जानकारी नगराएको बताएका थिए । यसको प्रमाण सुवासले सुरक्षीत राखेका छन् । सुवासले मेडिकल काउन्सिलले चिकित्सक र अस्पताललाई जोगाउन तरिकाले निर्णय गर्न लागेको भन्दै काउन्सिलका अध्यक्ष डा चोपलाल भुषाल लगायतलाई होसियारी समेत गराएका छन् ।
यस विषयमा हामीले मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुषाललाई जानकारीका लागि सम्पर्क गर्दा उनको फोन उठेन । साथै उनलाई घटना विवरण र समाचार प्रयोजनको विषय खुलाएर जवाफ मागेको म्यासेज समेत जवाफ फर्काएनन् । यस विषयमा हामीले डा विश्व दवाडीलाई पनि सम्पर्क गरेका थियौँ तर उनले फोन उठाएनन् ।
सुवासका अनुसार मनिता शर्माको उपचारमा भएको लारपवाहीका विषयमा सुवासले स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गराएका थिए । स्वास्थय मन्त्री प्रदिप पौडेललाई नै घटनाको विषय जानकारी गराएपनि उनले एक कल गरे काउन्सिलमा छिटो अनुसन्धान गर्न भनेका थिए ।
तर स्वास्थ्य मन्त्रालयबाट केहि साता अघि मात्रै अवकाश प्राप्त सचिव डा रोशन पोखरेलनै एभरेष्ट अस्पतालको कोर टिममा रहेका छन् । पोखरेलकै आवद्धता रहेका कारण स्वास्थ्य मन्त्रालयले समेत एभरेष्ट अस्पतालमा विषयलाई ढाकछोप गर्न लागेको छ । एभरेष्ट अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डा.पोखरेल अस्पतालको एनेस्थेसियोलोजीका प्रमुख हुन् ।
मनिता शर्मा र एभरेष्ट अस्पताल प्रकरणमा हामीले यस अघि ३ वटा श्रृङ्खलामा विस्तृत रिपोर्टीङ गरेका थियौँ । त्यस क्रममा मनिताका श्रीमान सुवास पराजुलीको हात पारेको अस्पतालका मेडिकल रिपोर्ट र कन्टिन्युएसन सिटमा देखिएको विवरण अनुसार मनिताको उपचारमा एभरेस्ट अस्पताल गम्भीर नभएको देखिने आधारहरु भेटिएका थिए ।
अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...मंगलबार, भदौ ९, २०८३
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...सोमबार, भदौ ८, २०८३
सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...सोमबार, भदौ ८, २०८३
पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...सोमबार, भदौ ८, २०८३