नेभिगेशन
समाज

कैलाली भन्सार प्रमुखमाथि कुटपिट प्रकरण: नगर प्रहरी प्रमुखसहित चार पक्राउ

कैलाली । कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हबल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रनाउ  सिंहका अनुसार यही जेठ १० गते राति अन्दाजी ८ः०० बजेको समयमा त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीको कमान्डमा खटिगएको टोलीले भन्सार कार्यालयको हाताभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न निज व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।