नेभिगेशन
समाज

काठमाडौँ महानगरका पूर्व इन्जिनियर रामबाबु महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोईरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोले सार्वजनिक सेवामा रहँदाको अवधिमा गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

महतोले २०४६ सालदेखि २०७८ सालसम्म काठमाडौँ महानगरपालिकामा कार्यरत रहँदा ठूलो परिमाणमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। महतोको वैध आम्दानी ३ करोड ३७ लाख ७९ हजार रुपैयाँ मात्र देखिएको छ भने उक्त अवधिमा उनले करीब ७ करोड ९६ लाख रुपैयाँ बराबरको सम्पत्ति र खर्च गरेको पाइएको आयोगले जनाएको छ । 

CG

महतोले ४ करोड ५८ लाख ९७ हजार रुपैयाँ बढी भ्रष्टाचारबाट कमाएको आयोगले जनाएको छ । उनका बैंक स्टेटमेन्ट, चेक भौचर, जग्गा खरिद कागजात, बीमा, विद्यालय शुल्क, सहकारी तथा कम्पनी कारोबारलगायतका विवरणहरू अध्ययन गर्दा उनले गैरकानुनी ढङ्गले आयआर्जन गरेको आयोगले जनाएको छ । त्यस्तै उनले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अस्वाभाविक रूपमा उच्च जीवनस्तर यापन गरेको आयोगले जनाएको छ।
त्यस्तै उनले स्रोत नखुलेको रकमबाट श्रीमती माला कुमारी महतोका नाममा जग्गा, घर, शेयर तथा बैंक मौज्दात राखिएको पाइएको छ। आयोगले ती सम्पत्तिहरू पनि गैरकानुनी आर्जन मान्दै जफतको माग गर्दै माला कुमारी महतोलाई समेत प्रतिवादी बनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

शाक्यलाई बुधबार ललितपुरको जावलाखेल स्थित मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएको थियो