नेभिगेशन
समाज

प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिइएका लागुऔषध कारोबारी को हुन् ?

काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोले गोली चलाएर २ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । व्यूरोले काठमाडौँको टोखाबाट २ जना भारतीय नागरिकलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचनाका आधारमा पुगेको प्रहरीले टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडिबाट २ जना भारतीय नागरिक ससिक आलम र मोहम्मद मन्जुर आलमलाई २०० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता जनक बहादुर शाहीले बताए । ‘हामी सूचनाका आधारमा घटनास्थलमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थियौँ । तर उनीहरुले बल प्रयोग गरेर भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएका हौँ ।’ शाहीले सिधाकुरासँग भने । 

Ncell
Extreme Energy

उनीहरुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । 

त्यस्तै लागु औषध कारोबारीसँग मुठभेड हुँदा २ जना नेपाल प्रहरी समेत घाइते भएका छन् । घाइतेहरुमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । उनीहरुलाई उपचारका लागि महाराजगञ्जस्थित प्रहरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...

भर्खरै