नेभिगेशन
समाज

प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिइएका लागुऔषध कारोबारी को हुन् ?

काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोले गोली चलाएर २ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । व्यूरोले काठमाडौँको टोखाबाट २ जना भारतीय नागरिकलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचनाका आधारमा पुगेको प्रहरीले टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडिबाट २ जना भारतीय नागरिक ससिक आलम र मोहम्मद मन्जुर आलमलाई २०० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता जनक बहादुर शाहीले बताए । ‘हामी सूचनाका आधारमा घटनास्थलमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थियौँ । तर उनीहरुले बल प्रयोग गरेर भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएका हौँ ।’ शाहीले सिधाकुरासँग भने । 

Ncell
Extreme Energy

उनीहरुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । 

त्यस्तै लागु औषध कारोबारीसँग मुठभेड हुँदा २ जना नेपाल प्रहरी समेत घाइते भएका छन् । घाइतेहरुमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । उनीहरुलाई उपचारका लागि महाराजगञ्जस्थित प्रहरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...