नेभिगेशन
समाज

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पर्सामा समेत मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा लामिछानेविरुद्ध गत शुक्रबार सहकारी ठगी तथा संगठित अपराधको मुद्दा दर्ता भएको हो । 

जिल्ला अदालत पर्साका सूचना अधिकारी राम नरेश महतोका अनुसार लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दर्ता भएको हो । त्यस्तै सो प्रकरणमा उनीसहित अन्य २९ जनालाई प्रतिवादी बनाइएको छ । 

CG

वीरगन्जको उक्त सहकारीले ५ हजार ८ सय ७३ जना बचतकर्ताको जम्मा २ अर्ब ३० करोड १४ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । 
त्यस्तै सोही प्रकरणमा छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार बिगो मागदाबी सहित मुद्दा दर्ता भएको छ । 

पर्सामा मुद्दा दर्ता भइरहँदा लामिछाने भने बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा संगठित अपराध तथा ठगीको आरोपमा थुनामा छन्। छविलाल जोशी समेत सोही प्रकरणमा थुनामा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

शाक्यलाई बुधबार ललितपुरको जावलाखेल स्थित मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएको थियो