नेभिगेशन
समाज

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काठमाडौँ । काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले सोमबार विशेष अदालतको फैसला उल्टाउँदै लामालाई सफाइ दिएको हो। अदालतले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो।

CG

लामाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले उनीमाथि आपराधिक क्रियाकलापबाट गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो।

उक्त मुद्दामा विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको थियो। तत्कालीन विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासबाट यो फैसला भएको थियो।

विशेषको फैसला लगत्तै लामा पुस ९ गते सर्वोच्च अदालत पुगेका थिए। विशेष अदालतको सजाय पर्याप्त नभएको भन्दै अनुसन्धान विभागले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो।

तर सर्वोच्चले दुवै पुनरावेदनमाथि सुनुवाइ गर्दै दाबी पुष्टि नहुने ठहर गरेपछि लामा सफाइ पाएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

शाक्यलाई बुधबार ललितपुरको जावलाखेल स्थित मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएको थियो