नेभिगेशन
समाज

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय राईलाई पक्राउ गरेको हो। 

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, चौहानको जाहेरीका आधारमा उनलाई बुधबार नियन्त्रणमा लिइएको हो। राईमाथि आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

राईले चौहानका सामाजिक सञ्जालमा अपलोड गरिएका तस्विर, भिडियोमाथि नकरात्मक टिकाटिप्पणी गर्ने गरेका थिए । सो विषय सामाजिक सञ्जालमा अपलोड गरेपछि राईले निरन्तर सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने गरेका थिए । 

सो विषयमा साइबर ब्यूरोमा उजुरी परेपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो । गायिका चौहानले केही दिनअघि साइबर ब्युरोमा उजुरी दिँदै आफूलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्र हत्या गर्ने चारजनाविरुद्ध कारबाहीको माग गरेकी थिइन्। आफूमाथि गरिएको अभद्र व्यवहारको विरोध गर्दै चौहानले यस्तो प्रवृत्तिविरुद्ध आफू कानुनी बाटो अपनाउने बताउँदै आएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।