नेभिगेशन
समाज

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

काठमाडौँ । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार वाङ जियान काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्तीस्थित एक कोठामा डेरा लिएर बस्दै आएका थिए। सोमबार साँझ गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले सो कोठामा छापा मार्दा रकम फेला परेको हो।

CG

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार वाङको कोठाबाट उक्त रकम फेला पारिए पनि उनले त्यसको स्रोत खुलाउन सकेका छैनन्।

“बरामद रकम कहाँबाट आएको भन्ने स्पष्ट गर्न सकेका छैनन्,” एसपी बोहराले बताए, “हामीले अनुसन्धान जारी राखेका छौं।”

उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ राहदानी पनि बरामद गरिएको छ। प्रारम्भिक अनुमानमा यो रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने देखिएको छ।

प्रहरीले वाङ जियानमाथि थप अनुसन्धान अघि बढाएको छ। रकमको स्रोत, प्रयोजन र अन्य संलग्नता पहिचान गर्न उनले प्रयोग गरेका डिजिटल माध्यम, कागजात तथा सम्पर्क सञ्जालबारे समेत अध्ययन भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

शाक्यलाई बुधबार ललितपुरको जावलाखेल स्थित मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएको थियो