नेभिगेशन
समाज

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

काठमाडौँ । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार वाङ जियान काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्तीस्थित एक कोठामा डेरा लिएर बस्दै आएका थिए। सोमबार साँझ गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले सो कोठामा छापा मार्दा रकम फेला परेको हो।

Ncell
Extreme Energy

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार वाङको कोठाबाट उक्त रकम फेला पारिए पनि उनले त्यसको स्रोत खुलाउन सकेका छैनन्।

“बरामद रकम कहाँबाट आएको भन्ने स्पष्ट गर्न सकेका छैनन्,” एसपी बोहराले बताए, “हामीले अनुसन्धान जारी राखेका छौं।”

उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ राहदानी पनि बरामद गरिएको छ। प्रारम्भिक अनुमानमा यो रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने देखिएको छ।

प्रहरीले वाङ जियानमाथि थप अनुसन्धान अघि बढाएको छ। रकमको स्रोत, प्रयोजन र अन्य संलग्नता पहिचान गर्न उनले प्रयोग गरेका डिजिटल माध्यम, कागजात तथा सम्पर्क सञ्जालबारे समेत अध्ययन भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...