नेभिगेशन
समाज

मनिताको न्यायको कामना गर्दै नेपाल बैंकका कर्मचारीको शोक सभा

काठमाडाैँ । बानेश्वरको एभरेस्ट अस्पतालमा उपचारपछि मृत्यु भएकी गोठाटारकी मनिता शर्माको सम्झनामा नेपाल बैंक केन्द्रीय कार्यालयका कर्मचारीले शाेक सभा आयोजना गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिकित्सक र अस्पतालको लापरबाहीको कारण मनिताको मृत्यु भएको भन्दै उनका न्यायको कामना गर्दै उनको जन्मदिनको मिति पारेर नेपाल बैंकका कर्मचारीले शोक सभा गरेका हुन् । 

Ncell
Extreme Energy

केन्द्रीय कार्यालयमा आयोजित शोक सभामा मनिताको मृत्यु प्रकरणमा अस्पताल र चिकित्सकमाथि निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका थिए । 

नेपाल बैंकमा १२ वर्षदेखि कार्यरत मनिता, पछिल्लो समय केन्द्रीय कार्यालयमा उपप्रबन्धकका रुपमा कार्यरत रहेकी थिइन् । 

काखमा छोरी, साथमा छैनन् मनिताः न्याय माग्दै भौतारिइरहेछन् सुवास

प्रसुतीका लागि मंसिर २५ गते बानेश्वरको एभरेस्ट अस्पतालमाा पुगेकी उनको उपचारमा डा ज्योत्सना शर्मा खटिएकी थिइन् । २ वर्षदेखि डा शर्माको नियमित चेकजाँचमा रहेकी मनिताको शल्यक्रिया पछि छोरी जन्मिएकी थिइन् । तर मनिताको स्वास्थ्य अवस्था भने झन् गम्भीर भएपछि ह्याम्स अस्पताल रेफर गरिएको थियो । ह्याम्स अस्पतालले एभरेस्ट अस्पतालबाट रेफर भएर आउँदा नै मनिताको  शरीरका धेरै अङ्गले काम गर्न छोडिसकेको जनाएको थियो । त्यसको केही दिनमा मनिताको मृत्यु भएको थियो । 

मनिता शर्मा मृत्यु प्रकरणः एभरेष्ट अस्पतालले सिसिटिभि फुटेज लुकायो, निर्देशकले कमजोरी स्वीकारे

मनिताको उपचार संलग्न एभरेस्ट अस्पताल र चिकित्सक डा ज्योत्सना शर्माको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै मनिताका श्रीमान् सुवास पराजुली न्यायको खोजीमा भौँतारिरहेका छन् । 

उनले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको लामो समय भए पनि अहिलेसम्म काउन्सिलले कुनै निष्कर्ष ननिकालेको पराजुली बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...