नेभिगेशन
मुख्य समाचार

मनिताको न्यायको कामना गर्दै नेपाल बैंकका कर्मचारीको शोक सभा

काठमाडाैँ । बानेश्वरको एभरेस्ट अस्पतालमा उपचारपछि मृत्यु भएकी गोठाटारकी मनिता शर्माको सम्झनामा नेपाल बैंक केन्द्रीय कार्यालयका कर्मचारीले शाेक सभा आयोजना गरेका छन् । 

चिकित्सक र अस्पतालको लापरबाहीको कारण मनिताको मृत्यु भएको भन्दै उनका न्यायको कामना गर्दै उनको जन्मदिनको मिति पारेर नेपाल बैंकका कर्मचारीले शोक सभा गरेका हुन् । 

केन्द्रीय कार्यालयमा आयोजित शोक सभामा मनिताको मृत्यु प्रकरणमा अस्पताल र चिकित्सकमाथि निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका थिए । 

नेपाल बैंकमा १२ वर्षदेखि कार्यरत मनिता, पछिल्लो समय केन्द्रीय कार्यालयमा उपप्रबन्धकका रुपमा कार्यरत रहेकी थिइन् । 

काखमा छोरी, साथमा छैनन् मनिताः न्याय माग्दै भौतारिइरहेछन् सुवास

प्रसुतीका लागि मंसिर २५ गते बानेश्वरको एभरेस्ट अस्पतालमाा पुगेकी उनको उपचारमा डा ज्योत्सना शर्मा खटिएकी थिइन् । २ वर्षदेखि डा शर्माको नियमित चेकजाँचमा रहेकी मनिताको शल्यक्रिया पछि छोरी जन्मिएकी थिइन् । तर मनिताको स्वास्थ्य अवस्था भने झन् गम्भीर भएपछि ह्याम्स अस्पताल रेफर गरिएको थियो । ह्याम्स अस्पतालले एभरेस्ट अस्पतालबाट रेफर भएर आउँदा नै मनिताको  शरीरका धेरै अङ्गले काम गर्न छोडिसकेको जनाएको थियो । त्यसको केही दिनमा मनिताको मृत्यु भएको थियो । 

मनिता शर्मा मृत्यु प्रकरणः एभरेष्ट अस्पतालले सिसिटिभि फुटेज लुकायो, निर्देशकले कमजोरी स्वीकारे

मनिताको उपचार संलग्न एभरेस्ट अस्पताल र चिकित्सक डा ज्योत्सना शर्माको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै मनिताका श्रीमान् सुवास पराजुली न्यायको खोजीमा भौँतारिरहेका छन् । 

उनले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको लामो समय भए पनि अहिलेसम्म काउन्सिलले कुनै निष्कर्ष ननिकालेको पराजुली बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।