नेभिगेशन
मुख्य समाचार

७८ लाख घुस डील प्रकरणः अख्तियारले लियो रञ्जिता श्रेष्ठको बयान

काठमाडौँ । पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । अख्तियार स्रोतका अनुसार आज बिहान १० बजेदेखि उनको बयान सुरु भएको हो । 

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घुसको डील गर्नमा उनी पनि सहभागी थिइन् । जसको खुलासा सिधाकुराले यसअघि नै गरिसकेको छ । 

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

भूमि सुधार आयोग कास्कीको अध्यक्ष तथा मालपोत कार्यालय कास्कीको प्रमुखलाई सोही जिल्लामा थमौती गर्नका लागि भएको घुसको डीलसम्बन्धी अडियो सहितका प्रमाणहरु सिधाकुराले सार्वजनिक गरेपछि निवर्तमान मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । अख्तियारले गुप्तासँग भ्वाइस टेस्टका लागि स्याम्पलका लाथै बयान लिइसकेको छ । 

र आज अख्तियारले पूर्वमन्त्री रञ्जिता श्रेष्ठको बयान लिएको हो । 

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।