काठमाडाैँ । नेपाली कांग्रेसमा गनेचुुनेका इमान्दार छविका नेतामध्येका एक मानिन्थे रमेश लेखक । तुलनात्मक रुपमा केही अध्यायनशिल र हत्तपत्त कसैलाई नचिढ्याउने, मिठो बोलीमा सबैतिर सहमति र सहकार्यका पहल लिने लेखकको छवि थियो । भनिन्छ नी ! इमान कमाउन वर्षौँ लाग्छ तर धुमिलिन केही समय ।
नभन्दै लेखकको हकमा पनि यस्तै भयो । वर्षौँसम्म इमानको राजनीति गरेको छवि बनाएका लेखक केपी ओली सरकारको एक वर्षे कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारीमा रहँदा भ्रष्टाचार, मानवअधिकार उल्लघंन, कानुन कार्यन्वयनमा सत्ता र विपक्षबीच भेदभावको नेतृत्वकर्ता बने । यत्ति मात्रै होइन, गृह मन्त्रालयमा नेतृत्व क्षमता नै नभएको व्यक्तिले नेतृत्व गरेको नेताको रुपमा बिताए ।
पूर्वप्रधानन्यायाधीश शुुसिला कार्कीले न्यायलयमा पार्टीको मान्छे नियुक्त गरिदिन धम्की दिन आएको भनी केही वर्षअघि लेखकको नाम पोलेकी थिइन् ।
पूर्वप्रधानन्यायाधीशले यत्रो आरोप लगाउँदा पनि नधमिलिएका लेखक यो पटक गृहको नेतृत्वमा एक वर्ष रहँदा भने नाङ्गै भए । भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको घटना, पार्टीका नेताका परिवार जोडिएको बालमन्दिर अनुसन्धान सामसुम पार्नदेखि विमानस्थल अध्यागमनमा आफ्नो रोजाईको अधिकारी राखेर भिजिट भिसाका नाममा दैनिक लाखौँ रकम असुल गर्नमा उनैको नाम जोडियो ।
दबाए भुटानी शरणार्थी प्रकरण
गृहमन्त्री भएलगत्तै रमेश लेखकको पहिलो काम थियो, प्रहरीले अनुसन्धान गरिरहेको भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिफल पार्ने । आफ्नै पार्टीको उच्च राजनीतिक नेतृत्वसँग मिलेर सरकारी तबरबाटै भएको नेपाली नागरिकको अमेरिका तस्करीको अनुसन्धान गर्ने प्रहरीको विशेष ब्यूरोलाई उनले मन्त्रलयको जिम्मेवारी लिएपछि भताभुुङ्ग पारे । भुटानी शरणार्थी प्रकरणमा राजनीतिक नेतृत्वको कसी जोडिने झालाई रवि लामिछानेले पक्राउ गरेपछि सरकार नै ढलेको थियो ।
झामार्फत उच्च तहका नेतालाई पक्राउ गर्ने चर्चाबीच अघिल्लो सरकार ढलेर केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । रवि सहितको प्रचण्ड सरकार ढालेर बनेको सरकारका गृहमन्त्रालय सम्हालेका लेखकले सो अनुसन्धानमा संलग्न प्रहरी अधिकृत डीआईजी मनोज केसीको सरुवा गरेका थिए ।
अनुसन्धान अधिकारीलाई शिथिल बनाएका लेखकले बेचन झालाई इन्कारी बयान दिन अनुकुुल प्रशासन बनाएर कमजोर मुद्दा अभियोजनको वातावरण तयार गरेका थिए । प्रहरीको अनुसन्धान प्रभावित बनाइएपछि झामार्फत अनुसन्धानमा तानिन सक्ने उच्च पदस्थ नेताहरु जोगिएका थिए । गृहमन्त्रीकै कारण सो घटनाका पीडितहरु अहिले असुरक्षित महसुुस भएको भन्दै डराईरहेका छन् ।
रविमाथि प्रतिशोध साँधेर थुनाउन सबै संयन्त्र परिचालन
रमेश लेखकको एक वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निवर्तमान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई कसरी फसाउन सकिन्छ भन्ने मै केन्द्रित रह्यो ।
रविले गृह मन्त्रालयको नेतृत्व गर्दा आफ्नो पार्टीका उच्च नेतृत्व जोडिएका फाइल अनुसन्धान गरेको झोक फेर्न लेखकले आफ्नो र सरकारको सबै बल लगाए । सहकारी ठगीमा संलग्न नै नभएका रविलाई थुनाउन प्रहरीमार्फत जाहेरी हेराफेरी गरेर सहकारी ठगीको किर्ते मुद्दा लगाउन उनी सफल भए । त्यति मात्रै होइन वैकल्पिक राजनीतिको नेतृत्व गरेका रविको अस्तित्व मेटाउन उनले रविलाई संगठित अपराध र सम्पत्ति शुुद्धिकरणको समेत मुद्दा समेत लगाएर संसद पद नै खोसाए । सहकारी ठगीमा प्रत्यक्ष संलग्न नभएका लामिछानेलाई मन्त्री लेखककै निर्देशनमा आधा दर्जन जिल्ला घुमाउने, मध्यरात अस्वस्थ अवस्थामै अड्डासार गर्ने र प्रतिशोधपुुर्ण थुना र अभियोजन गर्दै चरम मानवअधिकार उल्लघंन कार्यको लेखकले निर्देशनसहितको नेतृत्व गरेको रास्वपा नेताहरुको आरोप छ ।
लामिछानेमाथि राज्य राज्यले ज्यादती गरेको भन्दै आम जनता अहिले रविको पक्षमा उभिएर सार्वजनिक अभिमत जाहेर गरिरहेका छन् । लेखकको सो कदमको विरुद्धमा पूर्वन्यायाधीशदेखि कलाकारहरूले समेत बृहत रविमाथिको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानमा सहभागी भइरहेका छन् ।
लामिछाने मुछिएको सहकारीमा संलग्न अन्य सत्ताधारीका मानिसहरुमाथि अनुसन्धान नगर्नुु र सहकारी ठगीका अन्य घटना चुपचाप दबाउनुुले लेखकको निश्पक्षता र इमानको राजनीतिमा खडेरी दर्साउँछ ।
विपद् व्यवस्थापनमा शून्य भिजिविलिटी
गृह मन्त्रालयको नेतृत्व भनेको देशमा आइ पर्ने विपद् र संकटमा जनताको साथमा हुनु हो । तर, लेखक यो भूमिकाबाट च्युुत भए । मन्त्रीक्वाटरबाट १५ मिनेटको बाटोमा बाढीमा फसेका नागरिकको उद्धारमा लेखकले नेतृत्व गरेको मन्त्रालयको उचित परिचालन हुनै सकेन ।
ललितपुरमै जनताहरु उद्धार माग्दा माग्दै बाढीमा बगे, काठमाडौँको नाकैमुनी रहेको धादिङको झ्याप्ले खोलामा आधा दर्जन गाडी र र त्यसमा रहेका सर्वसाधरण पहिरोले दुुईदिन देखि पुरिदा लेखकको संयन्त्रले चालै पाएन ।
असोजमा आएको सो भिषण वर्षा र बाढीको मौसमी पूूर्वानुुमान र जोखिमको चेतावनी हुँदाहुँदै पनि लेखकले उल्टै दोष हेलिकप्टरको भिजिविलिटमा देखाएर उम्किने प्रयास गरे । बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई न मल्हम लगाउन लेखकले सके न त भौतिक क्षतिले पीडित बनेकाहरु नै उनको कामबाट सन्तुुष्ट बने । विपद्मा बरु सर्वसाधरणहरुको स्वस्फूर्त पहलको सर्वत्र चर्चा भयो ।
सत्तापक्षको अपराध लुुकाउन अनुसन्धानमा हस्तक्षेप
रमेश लेखकले आफ्नो नेतृत्वमा गृह मन्त्रालय सम्हालेपछि प्रहरीले पूर्ववत् अनुसन्धान गरिरहेको सबै ठुला घटनाको अनुसन्धान प्रभावित बन्यो । खासगरी कांग्रेस र एमालेका नेता जोडिएका अपराधमा प्रहरीले अनुसन्धान गर्नै सकेन । गरेका अनुसन्धान पनि फितलो बनाइयो ।
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिनामा जोडिएका कांग्रेस सांसद एवम् उद्योगपति विनोद चौधरी परिवार, बाल संगठनको जग्गा हिनामिनामा जोडिएका प्रकाशमान सिंहकी दिदी जोडिएकी रिता सिंह लगायतको अनुुसन्धान पहिलो रोकियो र चौतर्फी जनदबाबपछि निकै फितलो अभियोजन गराउन लेखकले भूमिका खेले ।
तिब्र गतिमा भइरहेको अनुसन्धानलाई उनले मन्त्रीको जिम्मेवारी लिएलगत्तै शिथिल पारिएको थियो । जग्गा फिर्ता गरेपछि बाँसबारी प्रकरणमा मुद्दा नलाग्ने भनियो भने बाल संगठन प्रकरणमा प्रमाणहरू लुकाएर मुद्दा फितलो बनाउन दबाब दिइएको अनुसन्धान अधिकारीहरु नै बताउँछन् ।
सहकारी ठगीमा मुछिएकी आफ्नै पार्टीकी सांसद माया राई फरार अवस्थामै संसद छिरेर हाजिर गर्दा पनि लेखक प्रशासनले देखेन । एमाले प्रदेश सांसद लीलाबल्लभ अधिकारी मानव तस्करी समूहको योजनामा जापान गएको घटना पनि सामसुम पारियो ।
सत्तासाझेदारको नेता जोगाउन पीडितलाई थुनेर उनलाई सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने निर्णय गरेर ओभानो बनाइयो । एमालेकै सांसद ऋषिकेश दाहालकी पत्नीलाई सहकारी गठीमा पक्राउ गर्न राज्य संयन्त्र अन्देखा गरेर बस्यो ।
कास्कीको सूर्यदर्शन सहकारी ठगीमा जोडिएका एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पनि मुद्दा चलाइएन । टीकापुर जग्गा हिनामिना प्रकरणमा नेता जोडिने अनुसन्धान नै नगरी मुद्दा दायर गरियो । बाल श्रम शोषण र हिंसाको अभियोग लागेकी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पनि निश्पक्ष अनुसन्धान गर्न राज्य चुक्यो ।
कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको अनुसन्धान त अझै अलपत्र छ । प्रशस्त प्रमाण भएर पनि प्रहरी अनुसन्धान गर्न नसक्ने अवस्थामा लेखककै कारण विवस छ ।
व्यवसायी मिनबहादुर गुुरुङमार्फत उपसभापति धनराज गुरुङले लिएको शंकास्पद रकम, उनको श्रीमतिको सहकारी ठगी तथा क्रिप्टो कारोबार छताछुुल्ल हुँदा पनि प्रहरी गृहमन्त्रीकै कारण मुुकदर्शक बनेको छ ।
वाक स्वतन्त्रतामा प्रहार, मानव अधिकारको गम्भीर उल्लङ्घन
आफ्नो असक्षमता ढाक्न लेखक नेतृत्वको गृहप्रशासन र उनको सरकारले नागरिकको मुख थुन्ने कार्यलाई वितेको वर्ष खास प्राथमिकतामा राख्यो । सरकारको आलोचना र नेताको अकर्मण्याताको विरोध गर्ने नागरिकदेखि राजनीतिक दलका नेता र पत्रकारसमेत लेखकको निशानामा परे ।
राप्रपाका नेताहरु रबिन्द्र मिश्र, धवल शमशेर राणा, राजावादी आन्दोलनमा लागेका नवराज सुवेदी देखि दुुर्गा प्रसाईंसमेत लेखक प्रशासनको निशानामा परे । पत्रकार दिलभुुषण पाठक, प्रकाशचन्द्र दाहालदेखि टीकटक बनाउने रमा बस्नेत समेतलाई पक्राउदेखि धरपकड र मुद्दा दायर गरियो ।
राजावादी आन्दोलनलाई हिंस्रक बनाउन लेखक नेतृत्वको प्रहरी प्रशासनले नै नियोजित भूमिका खेल्यो । शान्तिपूर्ण आन्दोलन बिथोल्न किर्तिपुरका सविन मर्हजनलाई निशस्त्र अवस्थामै लेखक नेतृत्वको प्रहरीले गोली हानी हत्या गरेको थियो ।
यस्तै, आगोमा जल्दै गरेका पत्रकार सुरेश रजकलाई जोगाउन हारगुहार गर्दा पनि प्रहरी परिचालन नै भएन । सत्ताको निर्देशनमा उन्माद देखाएको प्रहरीले बाटोमा हिँडिरहेका र आन्दोलनमै नजोडिएका सर्वसाधरणमाथि समेत गोली बर्सायो । कोटेश्वरमा घरको ढोकामै प्रहरीले उदयपुरका रेविका खत्री र दिनेश खत्रीलाई गोली हानेर गम्भीर घाइते बनायो । उपचार जटिलतामा हैरानी ब्यहोरी रहेका उनीहरु लेखकको एक वर्षे कार्यकालको गम्भीर मानवअधिकार उल्लङ्घनको एक महत्वपूर्ण दृष्टान्त हुुन् ।
भिजिट भिसा सेटिङमा आफैँ जोडिए
रवि लामिछाने हटेपछि गृहमा आएका लेखकले विमानस्थल अध्यागमनमा आफ्नो स्वार्थका सहसचिव तिर्थराज भट्टराईलाई लगे । सुरुवाती समयमा सहसचिव भट्टराईको सरुवाको कारण खुलेको थिएन । तर, भिजिट भिसाामा सेटिङ गरेर सर्वसाधरणबाट दैनिक ५० लाख हाराहारी रकम असुुल गरेको भन्दै भट्टराईलाई अख्तियारले नियन्त्रणमा लियो ।
यो प्रकरणमा अख्तियारले अझै अनुसन्धान गरिरहेको छ र अनुसन्धानको राडार मन्त्रीको सचिवालयसम्म पुगिसकेको छ । तर, लेखकले अनुसन्धान प्रभावित पार्न अनेक तिकडम गरिरहेका छन् ।
अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा देखि अख्तियारले समात्ने सूचना चुहिएपछि अध्यागमनका कर्मचारी सरुवा गरेर आफूू पन्छिने प्रपञ्चमा उनी लागेका छन् । अनुसन्धानकै क्रममा अध्यागमनको तस्करी रोक्न अख्तियारले दर्जन पटक पत्राचार गर्दा पनि लेखकले अटेर गरेको र पक्राउ परेर हाजिरी जमानीमा छुटेका सहसचिवसँग लेखकको निटकताबारे संसदमा जोडदार बहस भइरहेको छ ।
रास्वपा र राप्रपा नेपालले गृहमन्त्री लेखक यो प्रकरणको नाइके रहेको भन्दै संसदीय र न्यायिक छानबिन समिति गठन माग गर्दै संसद अवरोध र बहिष्कार गरिरहेका छन् । भिजिट भिसाामा मानव तस्करी गरेको आरोपले गम्भीर नैतिक संकटमा जेलिएका लेखक निर्लज्ज पदमा टाँसिइरहेका छन् ।
गृहमा चेनअफ कमाण्ड ध्वस्त, तस्करीलाई हरियो झण्डा
झण्डै दुुई लाख हाराहारी सुरक्षाकर्मीको नेतृत्व गरेर देशमा अमनचयनमा काम गर्नुपर्ने गृहमन्त्रालय आफैँ आन्तरिक कलह र चेनअफ कमाण्ड बाहिर छ । मन्त्री र गठबन्धनको स्वार्थअनुकुुलका पात्र गृहमा नेतृत्व तहमा रहँदा अनुुभवी र गृहका क्याडर जिम्मेवारीबिहिन र भूूमिकाबिहिन बनाएर मिल्काइएका छन् । यतिसम्म की मन्त्रालयका सचिव गृह प्रशासनमा अनुुभवबिहिन छन् भने महाशाखा हाँक्ने जिम्मेवारीमा रहेका सहसचिवहरु कयौँ जिल्लाका सिडियो भन्दा पनि कनिष्ट र कम अनुुभवका छन् । सुरक्षा निकायको क्षमता नचिन्ने, जिल्ला प्रशासनको समन्वय गर्न नसक्ने देखि आन्तरिक र बाह्य सुरक्षा चुनौतिसमेतमा ख्याल नभएकाहरु गृहमा नाचिरहेका छन् ।
जसको असर जनता र देशले भोग्दैछ । गृहमा लेखकको हेलचेक्रयाईं यतिमै सिमित छैन् । सुरक्षा निकायको सरुवा–बढुवामा हस्तक्षेप चरम भएको भन्दै उच्चदेखि कनिष्ट प्रहरी अधिकारीहरु पनि असन्तुुष्ट छन् ।
सशस्त्र प्रहरीको एआईजी बढुुवादेखि नेपाल प्रहरीको एसपी बढुवालाई लिएर दुवै संगठनका क्षमतावान् अधिकारीहरु असन्तुुष्ट छन् । जिल्ला इन्चार्ज देखि आर्कषक मानिएका ठाउँहरुका साना ईकाइमा हुने प्रहरीहरुको खटन पटनमा गृहले मनपरी गरेको र पुरानो मान्यता भत्काइएको प्रहरी अधिकारीहरु बताउँछन् । राजनीतिक स्वार्थ र तस्करको चाहना बमोजिम प्रहरीको चेन आफ कमाण्ड र मान्यता भत्काएपछि तराईका सीमावर्ती जिल्लाहरुमा चोरी तस्करी बढेको भन्दै उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । रवि लामिछानेले गृहको नेतृत्व गर्दा रोकिएको चोरी तस्करी अहिले मौलाएको भन्दै उद्योगीहरुले सरकारको ध्यानाकर्षण नै गराए ।
गृह मन्त्रालय इतिहासकै कमजोर अवस्थामा रहेको र यसका काम कारबाही गृह मन्त्रालयबाटै सञ्चालन भइरहेकोमा शंका उत्पन्न हुने विज्ञहरु बताउँछन् । कतिपयले अहिलेको अवस्थालाई प्रणाली फेलको रुपमा पनि चित्रण गरेका छन् ।
नेपाली कांग्रेसकै एक नेताले गृह मन्त्रालय रमेश लेखकको नेतृत्वमा नचलेको आरोप लगाए । ‘उहाँ डमी हो, मन्त्रालय अरुले नै बाहिरबाट चलाई रहेको छ,’ ति नेताले भने, ‘ मन्त्रालय मातहतका निकायले गर्ने कतिपय कुराहरु लेखक जी र सचिवलाई समेत थाहा नभई भइरहेको हुनसक्ने चर्चा कांग्रेसको वृतमा छ ।’ ति नेताले घुमाउरो भाषामा गृह मन्त्रालय बुुढानिलकण्ठ र त्यहाँका अदृश्य समूहले चलाएको रुपमा व्याख्या गरे ।
कुनै समय गृहमै काम गरिसकेका पूर्व सचिव शारदाप्रसाद त्रिताल गृह मन्त्रालय प्रणाली फेल भएको संस्थाको रुपमा देखिएको बताउँछन् । केही वर्षदेखि भत्किन थालेको गृहको संस्थागत छबी अहिले असाध्यै कमजोर अवस्थामा पुुगेको उनको बुुझाई छ । ‘यति महत्वपूूर्ण मन्त्रालय अहिले गृह मन्त्रालय जस्तो नै छैन,’ पूूर्वसचिव त्रिताल भन्छन् ‘मन्त्रालयको प्रशासनिक तहदेखि प्रहरी संगठनसम्म नै मन्त्री वा प्रधानमन्त्रीको एसम्यान जस्तो भएको छ ।’ अत्यन्तै प्रणालीमा चल्नुु पर्ने मन्त्रालय अहिले प्रणाली फेलको अवस्थामा रहेको उनको भनाई छ । प्रणाली नै फेल भएपछि काम कारबाही सबै बिग्रने भन्दै मूल्याकंन गर्नु र नगर्नुुमा कुनै अर्थ नरहेको उनले बताए ।
गृहमन्त्रीको सचिवालयले मन्त्रीको एक वर्षे कार्याकाल गत साता सार्वजनिक गरेको थियो । जसमा एक वर्षमा नीतिगत र कानुनी सुधारका कामहरु भएको दाबी गरिएको छ । गृह मन्त्तालयको दाबीसँग मातहतका उनकै निकाय भने सन्तुुष्ट छैन् ।