नेभिगेशन
समाज

ओरालो लाग्दै गरेकाहरुको एकताले निकास दिदैनः महासचिव भुसाल

काठमाडौं । कम्जोर तथा ओरालो लाग्दै गरेकाहरुले कतै उकालो लागिन्छकी भनेर गर्न लागेको एकताले निकास नदिने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोनल तिब्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले एकताप्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारेका हुन ।

Ncell
Extreme Energy

कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएका महासचिव भुसालले आफु पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् । उनले अहिलेको अवस्थामा इमान्दार क्रान्तिकारीहरुले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए ।

तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गरेका छन् । आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने भन्दै उनले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् ।

त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने भुसाले जानकारी दिए । आन्दोलनको विचार र संगठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठन अति जरुरी रहेकाले अव आफुहरुको ध्यान त्यसतर्फ हुने उनले बताए ।

उनले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापीत नगर्दै एकीकरणको प्रक्रिया अघि बढाउनु ठूलो घोका भएको उल्लेख गरेका छन् ।

एकताका नाममा उल्टो बाटो हिँडेर तमासा गर्न लागेको टिप्पणी गर्दै भुसालले त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जाने बताए ।

भुसालले पुनर्गठित पार्टीहरुको ध्रुविकरण र एकताका आधारमा सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न सकिने उल्लेख गरेका छन् । भुसालले अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्ने घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

नेपाली कांग्रेसले महाधिवेशनमार्फत १५ प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन...