नेभिगेशन
समाज

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

काठमाडौँ। विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँको च:मतिस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

Marvel
Extreme Energy

रास्वपा प्रवेश गर्नेमा नेकपा (माओवादी) विप्लव समूहका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डम्बरजंग शाही र नेकपा एमालेका कृष्णबहादुर गुरुङ छन्।

त्यस्तै व्यवसायी तथा उद्यमी कमल विष्ट, व्यवसायी सुशीला जैसी, जनकबहादुर शाही र पूर्व नयाँ शक्ति पार्टीका धर्मराज शाही पनि रास्वपामा प्रवेश गरेका छन्।

यसैगरी युवा नेता राजेन्द्र शाही तथा युवा पुस्ताका विजय शाही र तुलराज शाही पनि पार्टीमा आबद्ध भएका छन्। उपेन्द्र शाहीसमेत रास्वपामा प्रवेश गरेको सूचीमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...
गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगलाई गर्‍यो अद्यावधिक

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगलाई गर्‍यो अद्यावधिक

निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पुनः आधिकारिक मान्यता दिएको छ।
८ दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

८ दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...