नेभिगेशन
समाज

सम्मानित हुनुपर्ने थिए छत्र तर गराईयो बदनाम

काठमाडौँ । मंगलबार सिधाकुराले फोन सम्पर्क गर्दा गायक छत्र शाही त्रसित अवस्थामा सुनिन्थे । भदौ २४ को जेनजी आन्दोलनमा हतियार लुटेको आरोप लगाएर यतिबेला उनीमाथि एउटा समूह जबरजस्ती अपराधी करार गरिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनका क्रममा प्रहरीले छोडेको हतियार लिएर सडकमा निश्किएका युवासँग देखिएको छत्रको एउटा फोटो राख्दै धेरैले उनलाई प्रहरीको हतियार लुट्ने मतियार भने । तर, धन्न छत्रसँगै रहेका अर्का एक साथिले खिचेको भिडियोका कारण उनलाई राहत त भएको छ तर उनी मानसिक रुपमा बिक्षिप्त छन् । 

Ncell
Extreme Energy

‘यो देश कस्तो बनायौँ हामीले अब त सत्य पनि मर्न थाल्यो दाई’ छत्रले सिधाकुरासँग दुखेसो पोखे,‘मैले जस्तै अरुले पनि पहल गरेर हतियार बुुझाउन पाएको भए आज कति भयरहित अवस्था हुन्थ्यो ? १२ सय हतियार बाहिर हुने थिएन नि ?’

आन्दोलनमा हतियार भेटेर बोकेर हिंडेका भाईलाई सम्झाएर हतियार बुुझाएको कुुरालाई अतिरञ्जित गरेर चरित्र हत्या गरिएकामा उनले दुःख व्यक्त गरे । आफू आगजनी, तोडफोड र अराजकताको विरोधी रहेको र कुुनै पनि राजनीतिक दलमा नलागेको पनि उनले प्रष्ट्याए । 

साह्रै मेहनत गरेर हतियार बोकेका भाईहरुलाई सम्झाई  बुुझाइ गरेर हतियार फिर्ता गराउँदा नेपाली सेनाबाट धन्यावद पाएको तर केही गलत मान्छेबाट मानसिक पीडा भोगेको छत्रले सुनाए । ‘धन्न एक जना साथीले भिडियो खिचिदिनु भएको रहेछ र म बाँचे नत्र मलाई अपराधी करार गरेर बर्बाद गर्ने रहेछन्’ छत्रले त्रसित स्वरमा सिधाकुरासँग भने ।  

छत्रले भदौ २४ को सो हतियार बुुझाएको घटनालाई यसरी सम्झिए । 

‘म सामान्य लोक गायक हुुँ । म कुनै पनि दलमा आवद्ध छैन र मलाई कुनै पनि राजनीतिक दलको नेता बनेर हिंड्नु पनि छैन् । गीत गाएरै पेट पाल्ने हो पेशा धान्ने हो । मेरो बसाई बिजुलीबजारर पुल नजिकै छ । इनद्रेणीको स्टडियो र मेरो बसाई नजिकै हो । भदौ २३ को घटना पनि आफ्नै बासस्थान अघि भएका कारण पहिले शान्तिपूर्ण अवस्थाको आन्दोलन देखेको हो । तर, साँझ निकै भयनक घटना भएको समाचारबाट थाहा पाएँ । मलाई दुखः लाग्यो ।

तर,भोली पल्ट पनि आन्दोलन रहेको त देखियो तर म घरमै थिएँ काम पनि कारण । दिउँसो ११ बजे पछि भने देशै जल्न थालेको देंखे । बाहिर निश्कने वातावरण नदेखिए पछि घरमै थिएँ । जे देखिन्छ त्यही हेरि रहेको थिएँ । 

तर, करिब १ बजेतिर भने सबै मानिसहरु सडकमा हिंडेको देखेपछि म पनि घर बाहिर निस्किएँ । मानिसहरु संसद भवन जलाइको भन्दै थिए ।

बिजुली बजार पुलको छेउमा एक युवाहरुको समूह राष्ट्रिय झण्डा बाँडी रहेका थिए । मर्लाइ पनि देख्ने बित्तिक्कै छत्र दाइलाई पनि भन्दै एउटा झण्डा दिए । मैले त्यसलाई काँधमा हाले । 
संसद जलेको हेर्न भनेर हेर्न मुल सडक हुँदै चोकतिर गएँ । संसद भवन जलिरहेको थियो । मानिसहरु जलाउँदै थिए । मैले यस्तो नगरौँ भने । मसँगै भएका केही मानिसहरुले पनि सम्झाउन खोजे तर युवाहरु त उल्टै हामीलाई धम्क्याए । अनि हामी असुरक्षित महसुस गरेर पुनः पहिलेकै बाटो भएर बिजुली बजार तिर आयौँ । 

बानेश्वर माइतीघर सडक आन्दोलनकारीको कब्जामा थियो । मानिसहरु खुसीयाली मनाई रहेका थिए । काठमाडौँ पुरै जलिरहेको थियो । म र मंसँगै रहेका अन्य मानिसहरु सडकबाट हेर्दै माइतीघर मण्डलामा पुुग्यौँ । त्यहाँ थुप्रै मान्छेहरु थिए तिनै मध्यका केहीका हातमा हामीले राइफल देख्यौँ । यो कहाँबाट ल्याएको भनेर सोध्दा उनीहरुले प्रहरीहरुले छोडेर भागेको र जलेको चौकीबाट ल्याएको भने । मैले यो हतियार यसरी बाकेर  हिंड्नुु हुुन्न तुरुन्तै आर्मीलाई बुुझाउँ भनेर आग्रह गरे । मैले यत्ति भन्ने बित्तिक्कै त्यहाँ अन्य उमेरले पाका केही बुुबा आमाहरु पनि आउनुभयो ।

उहाँहरुले मलाई भाई यो हतियार केटाहरुको हातमा हुनुु राम्रो होइन । उनीहरुलाई सम्झाएर नजिकै आर्मीको ब्यारेकमा लैजान तपाईले पहल गर्नुस् भन्नुभयो । 

मैले त भनि पनि सकेको थिएँ । फेरि हामी सबै मिलेर सम्झयौँ । मलाई लाग्छ त्यहाँ त्यसरी राइफल लिनेहरु ५ या ६ जना थिए । तर, एक जना भाई भने बुुझाउन तयार भए । उसलाई हतियार त्यहाँ लगेर बुुझाउँदा आर्मीले केही गर्छकी भन्ने डर पनि रहेछ तर उसलाई हामीले केही हुँदैन भनेर आश्वस्त पारेर सैनिक हेडक्वाटरको माइतिघरपट्टीको ढोकामा लिएर गयौँ । हतियारसहितको हात ठाडो पारेर, हतियार मेरो रोहबरमा बुुझाउन आएको सर भनेर मैले नै आर्मीलाई पनि आश्वस्त पारेको हुुँ । राइफल हातमा दिंदा आर्मीका सरहरु पनि प्रशन्न हुुनुहुन्थ्यो र हामीलाई धन्यावाद भनेर हात मिलाउनु भएको थियो । 

मैले त्यो हतियार बुुझाउन जाँदा नजिकै जलेको सरकारी कार्यालयहरु पनि निभाउन र तिनीहरुलाई बचाउन आर्मीलाई आग्रह गरेको थिएँ । मेरो ब्रम्हले मलाई ठिक लागेको कुरा त्यो दिन गरे । त्यसपछि घर आएर बसे । मलाई देशको त्यो अवस्था देखेर साह्रै अत्यास पनि लागेको थियो । 

तर, घटना भएको झण्डै डेढ महिना पछि एक्कासी हतियार लुुट्नेमा संलग्न भन्दै संजालमा मलाई गाली गर्न थालेको देखें । मलाई त्यो कुराले बिक्षिप्त बनायो । अब के गर्ने के भन्ने मेरो कुरा कसले सुन्छ र भन्ने भयले म साह्रै आत्तिए । पिरोल्ली रहेको बेला मलाई एउटा फोन आयो र उहाँले आफूूसँग त्यो दिनको भिडियो रहेको र त्यो पठाइ दिएको बताए । तर,मैले उहाँलाई चिनेको पनि थिइन । उहाँसँग त्यो दिनको त्यो घटनाको मोबाइल भिडियो रहेछ । त्यो भिडियो मलाई ह्वाट्सअपमा प्राप्त भयो । हेरेपछि बल्ल मलाई सास पलायो । 

मैले गरेको सत्कर्मको प्रमाण कसैले राखिदिएका कारण म बँचे । नत्र एउटा हात धोएर लागिरहेको समूूहले मेरो हालत के गर्थे म सोच्न पनि सक्दिन । मेरो भिडियो बनाईदिने मान्छेलाई मैले जति धन्यवाद भने पनि पुुग्दैन् । 

त्यो दिन मैले जस्तै गरी अरुहरुले पनि हतियार बुुझाउन पहल गरेको मैले सुने । यदी हामी सबै मिलेर प्रहरीबाट खोसिएको सबै हतियार बुुझाईदिन सकेको भए कति राम्रो हुुन्थ्यो । अहिले पनि हराएका १२ सय हतियार बाहिर रहेको समाचारमा सुुन्छु । सायद हामी सबैले त्यो अत्यास लाग्दो दिनमा पनि त्यो राम्रो काम गर्न सकेको भए आज यो अत्याशको वातावरण बन्दैन थियोकी ? 

आफूले राम्रो काम गर्दै जाने हो । राम्रो गर्नेलाई नै खेदो गर्ने यो समाजलाई मेरो केही भन्नु छैन् । बरु मैले जस्तै सत्कर्म गर्न खोजेका तर भ्रम र आफूूसँग प्रमाण नभएका कारण अन्यायमा परेर असल मान्छे फसाइएको पो छकी भन्ने डर मलाई लागिरहेको छ । त्यस्तो नहोस् ।’ 

(सिधाकुराका लागि गायक छत्र शाहीसँग नवीन ढुंगानाले गरेको कुराकानीको सम्पादीत अशं)   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...