काठमाडौँ । मंगलबार सिधाकुराले फोन सम्पर्क गर्दा गायक छत्र शाही त्रसित अवस्थामा सुनिन्थे । भदौ २४ को जेनजी आन्दोलनमा हतियार लुटेको आरोप लगाएर यतिबेला उनीमाथि एउटा समूह जबरजस्ती अपराधी करार गरिरहेको छ ।
आन्दोलनका क्रममा प्रहरीले छोडेको हतियार लिएर सडकमा निश्किएका युवासँग देखिएको छत्रको एउटा फोटो राख्दै धेरैले उनलाई प्रहरीको हतियार लुट्ने मतियार भने । तर, धन्न छत्रसँगै रहेका अर्का एक साथिले खिचेको भिडियोका कारण उनलाई राहत त भएको छ तर उनी मानसिक रुपमा बिक्षिप्त छन् ।
‘यो देश कस्तो बनायौँ हामीले अब त सत्य पनि मर्न थाल्यो दाई’ छत्रले सिधाकुरासँग दुखेसो पोखे,‘मैले जस्तै अरुले पनि पहल गरेर हतियार बुुझाउन पाएको भए आज कति भयरहित अवस्था हुन्थ्यो ? १२ सय हतियार बाहिर हुने थिएन नि ?’
आन्दोलनमा हतियार भेटेर बोकेर हिंडेका भाईलाई सम्झाएर हतियार बुुझाएको कुुरालाई अतिरञ्जित गरेर चरित्र हत्या गरिएकामा उनले दुःख व्यक्त गरे । आफू आगजनी, तोडफोड र अराजकताको विरोधी रहेको र कुुनै पनि राजनीतिक दलमा नलागेको पनि उनले प्रष्ट्याए ।
साह्रै मेहनत गरेर हतियार बोकेका भाईहरुलाई सम्झाई बुुझाइ गरेर हतियार फिर्ता गराउँदा नेपाली सेनाबाट धन्यावद पाएको तर केही गलत मान्छेबाट मानसिक पीडा भोगेको छत्रले सुनाए । ‘धन्न एक जना साथीले भिडियो खिचिदिनु भएको रहेछ र म बाँचे नत्र मलाई अपराधी करार गरेर बर्बाद गर्ने रहेछन्’ छत्रले त्रसित स्वरमा सिधाकुरासँग भने ।
छत्रले भदौ २४ को सो हतियार बुुझाएको घटनालाई यसरी सम्झिए ।
‘म सामान्य लोक गायक हुुँ । म कुनै पनि दलमा आवद्ध छैन र मलाई कुनै पनि राजनीतिक दलको नेता बनेर हिंड्नु पनि छैन् । गीत गाएरै पेट पाल्ने हो पेशा धान्ने हो । मेरो बसाई बिजुलीबजारर पुल नजिकै छ । इनद्रेणीको स्टडियो र मेरो बसाई नजिकै हो । भदौ २३ को घटना पनि आफ्नै बासस्थान अघि भएका कारण पहिले शान्तिपूर्ण अवस्थाको आन्दोलन देखेको हो । तर, साँझ निकै भयनक घटना भएको समाचारबाट थाहा पाएँ । मलाई दुखः लाग्यो ।
तर,भोली पल्ट पनि आन्दोलन रहेको त देखियो तर म घरमै थिएँ काम पनि कारण । दिउँसो ११ बजे पछि भने देशै जल्न थालेको देंखे । बाहिर निश्कने वातावरण नदेखिए पछि घरमै थिएँ । जे देखिन्छ त्यही हेरि रहेको थिएँ ।
तर, करिब १ बजेतिर भने सबै मानिसहरु सडकमा हिंडेको देखेपछि म पनि घर बाहिर निस्किएँ । मानिसहरु संसद भवन जलाइको भन्दै थिए ।
बिजुली बजार पुलको छेउमा एक युवाहरुको समूह राष्ट्रिय झण्डा बाँडी रहेका थिए । मर्लाइ पनि देख्ने बित्तिक्कै छत्र दाइलाई पनि भन्दै एउटा झण्डा दिए । मैले त्यसलाई काँधमा हाले ।
संसद जलेको हेर्न भनेर हेर्न मुल सडक हुँदै चोकतिर गएँ । संसद भवन जलिरहेको थियो । मानिसहरु जलाउँदै थिए । मैले यस्तो नगरौँ भने । मसँगै भएका केही मानिसहरुले पनि सम्झाउन खोजे तर युवाहरु त उल्टै हामीलाई धम्क्याए । अनि हामी असुरक्षित महसुस गरेर पुनः पहिलेकै बाटो भएर बिजुली बजार तिर आयौँ ।
बानेश्वर माइतीघर सडक आन्दोलनकारीको कब्जामा थियो । मानिसहरु खुसीयाली मनाई रहेका थिए । काठमाडौँ पुरै जलिरहेको थियो । म र मंसँगै रहेका अन्य मानिसहरु सडकबाट हेर्दै माइतीघर मण्डलामा पुुग्यौँ । त्यहाँ थुप्रै मान्छेहरु थिए तिनै मध्यका केहीका हातमा हामीले राइफल देख्यौँ । यो कहाँबाट ल्याएको भनेर सोध्दा उनीहरुले प्रहरीहरुले छोडेर भागेको र जलेको चौकीबाट ल्याएको भने । मैले यो हतियार यसरी बाकेर हिंड्नुु हुुन्न तुरुन्तै आर्मीलाई बुुझाउँ भनेर आग्रह गरे । मैले यत्ति भन्ने बित्तिक्कै त्यहाँ अन्य उमेरले पाका केही बुुबा आमाहरु पनि आउनुभयो ।
उहाँहरुले मलाई भाई यो हतियार केटाहरुको हातमा हुनुु राम्रो होइन । उनीहरुलाई सम्झाएर नजिकै आर्मीको ब्यारेकमा लैजान तपाईले पहल गर्नुस् भन्नुभयो ।
मैले त भनि पनि सकेको थिएँ । फेरि हामी सबै मिलेर सम्झयौँ । मलाई लाग्छ त्यहाँ त्यसरी राइफल लिनेहरु ५ या ६ जना थिए । तर, एक जना भाई भने बुुझाउन तयार भए । उसलाई हतियार त्यहाँ लगेर बुुझाउँदा आर्मीले केही गर्छकी भन्ने डर पनि रहेछ तर उसलाई हामीले केही हुँदैन भनेर आश्वस्त पारेर सैनिक हेडक्वाटरको माइतिघरपट्टीको ढोकामा लिएर गयौँ । हतियारसहितको हात ठाडो पारेर, हतियार मेरो रोहबरमा बुुझाउन आएको सर भनेर मैले नै आर्मीलाई पनि आश्वस्त पारेको हुुँ । राइफल हातमा दिंदा आर्मीका सरहरु पनि प्रशन्न हुुनुहुन्थ्यो र हामीलाई धन्यावाद भनेर हात मिलाउनु भएको थियो ।
मैले त्यो हतियार बुुझाउन जाँदा नजिकै जलेको सरकारी कार्यालयहरु पनि निभाउन र तिनीहरुलाई बचाउन आर्मीलाई आग्रह गरेको थिएँ । मेरो ब्रम्हले मलाई ठिक लागेको कुरा त्यो दिन गरे । त्यसपछि घर आएर बसे । मलाई देशको त्यो अवस्था देखेर साह्रै अत्यास पनि लागेको थियो ।
तर, घटना भएको झण्डै डेढ महिना पछि एक्कासी हतियार लुुट्नेमा संलग्न भन्दै संजालमा मलाई गाली गर्न थालेको देखें । मलाई त्यो कुराले बिक्षिप्त बनायो । अब के गर्ने के भन्ने मेरो कुरा कसले सुन्छ र भन्ने भयले म साह्रै आत्तिए । पिरोल्ली रहेको बेला मलाई एउटा फोन आयो र उहाँले आफूूसँग त्यो दिनको भिडियो रहेको र त्यो पठाइ दिएको बताए । तर,मैले उहाँलाई चिनेको पनि थिइन । उहाँसँग त्यो दिनको त्यो घटनाको मोबाइल भिडियो रहेछ । त्यो भिडियो मलाई ह्वाट्सअपमा प्राप्त भयो । हेरेपछि बल्ल मलाई सास पलायो ।
मैले गरेको सत्कर्मको प्रमाण कसैले राखिदिएका कारण म बँचे । नत्र एउटा हात धोएर लागिरहेको समूूहले मेरो हालत के गर्थे म सोच्न पनि सक्दिन । मेरो भिडियो बनाईदिने मान्छेलाई मैले जति धन्यवाद भने पनि पुुग्दैन् ।
त्यो दिन मैले जस्तै गरी अरुहरुले पनि हतियार बुुझाउन पहल गरेको मैले सुने । यदी हामी सबै मिलेर प्रहरीबाट खोसिएको सबै हतियार बुुझाईदिन सकेको भए कति राम्रो हुुन्थ्यो । अहिले पनि हराएका १२ सय हतियार बाहिर रहेको समाचारमा सुुन्छु । सायद हामी सबैले त्यो अत्यास लाग्दो दिनमा पनि त्यो राम्रो काम गर्न सकेको भए आज यो अत्याशको वातावरण बन्दैन थियोकी ?
आफूले राम्रो काम गर्दै जाने हो । राम्रो गर्नेलाई नै खेदो गर्ने यो समाजलाई मेरो केही भन्नु छैन् । बरु मैले जस्तै सत्कर्म गर्न खोजेका तर भ्रम र आफूूसँग प्रमाण नभएका कारण अन्यायमा परेर असल मान्छे फसाइएको पो छकी भन्ने डर मलाई लागिरहेको छ । त्यस्तो नहोस् ।’
(सिधाकुराका लागि गायक छत्र शाहीसँग नवीन ढुंगानाले गरेको कुराकानीको सम्पादीत अशं)