नेभिगेशन
समाज

रास्वपा सभापति लामिछानेलाई आजै दुई पटक भेटे गृहमन्त्री गुरुङले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गृहमन्त्री सुधन गुरुङले आजै दुई पटक भेटवार्ता गरेका छन् ।

सम्पत्ति विवादमा राजीनामा र बर्खास्तगीको हल्लाका बीच गृहमन्त्री गुरुङले आज रास्वपा सभापति रवि लामिछानेलसँग पटक पटक भेटवार्ता गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेलाई भेट्न गृहमन्त्री गुरुङ आज बिहानै लामिछानेको निवासमा पुगेका थिए । बिहान करिव आधा घण्टा सभापतिसँग छलफल गरेर बाहिरिएका गुरुङ दिउँसो फेरि सभापतिको निवास पुगेका थिए । दिउँसो भने करिव १५ मिनेट जति मात्रै छलफल भएको थियो ।

Ncell
Extreme Energy

सम्पत्ति विवरणका कारण गृहमन्त्री गुरुङ केही दिनयता विवादमा छन् । उनले राजीनामा दिनुपर्ने र राजीनामा नदिए हटाउनुपर्ने चर्चा चलिरहेको छ । तर, सभापतिसँगको भेटमा भने राजीनामाको विषयमा नभई गृहमन्त्रालय सञ्चालनका  विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ । ‘आजका दुवै भेटमा गृहमन्त्रीको राजीनामा बारे छलफल भएको छैन’ स्रोतले भन्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।
ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोका कारण पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।