नेभिगेशन
समाज

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएल उपाधि उचालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

Marvel
Extreme Energy

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का ओपनर विनोद भण्डारीले अविजित २४ रनको योगदान दिए ।

मुन्से र भण्डारीले पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । मुन्सेको आक्रामक ब्याटिङ सुदूरपश्चिमको जितको मुख्य आधार बन्यो । उनी फाइनलका सर्वोत्कृष्ट खेलाडीसमेत बने ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो ।

लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए । अली शेखले १२ बलमा २४ रन जोड्दा निरोशन डिक्वेलाले २८ र कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, थरिन्दु रथनायके, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।

यस जितसँगै सुदूरपश्चिमले लगातार तेस्रोपटक फाइनल पुगेर पहिलोपटक एनपीएल उपाधि जित्ने सपना पूरा गरेको छ । अघिल्लो संस्करणको फाइनलमा यही लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले यसपटक भने शानदार जित निकाल्दै च्याम्पियन बनेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।
जुवातासको खालबाट ४९ जना पक्राउ

जुवातासको खालबाट ४९ जना पक्राउ

यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...
एनपिएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

एनपिएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो ।