नेभिगेशन
समाज

जुवातासको खालबाट ४९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले निजहरूलाई रु नौ लाख ६० हजार ५०० तथा ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ९३ हजार १८५ र चार थान ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Marvel
Extreme Energy

सर्लाहीको ईश्वरपुर नगरपालिका-१ शङ्करपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ३५ हजार ४२५ र छ थान कौडासहित पक्राउ गरेको हो । 

त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ७५ हजार ४३५ सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

एनपिएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो ।
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको...
आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले...
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...